8 years ago
December 23, 2016
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाको महिला फुटबलमा नेपाल फाइनलको स्वभाविक दाबेदार हो । अघिल्ला तीनै संस्करणमा नेपाली टोली उपविजेता बनेर फर्केको थियो । फेरी एकपटक च्याम्पियन बन्ने लक्ष्यका साथ नेपाली टोली शनिबार भारतको सिलगुढी यात्रामा निस्किदैछ । स्वभाविक छ, हरेक पटक जस्तै यसपटक पनि च्याम्पियन बनेर फर्कने लक्ष्यका साथ नेपाली टोली त्यहाँ पुग्दैछ । तर, के यो पटक नेपाल सफल होला, पुरानै नतिजाबाट फर्केला वा अहिले सम्मको सफलता भन्दा कमजोर प्रदर्शन गरेर फर्केला ।
विगतका तुलनामा तेपाली टोलीमा यसपटक ठूलो परिवर्तन भएको छ । एकै पटक ७ नयाँ खेलाडीले टोलीमा प्रवेश पाएका छन् । यसपटक टोलीका कमान्डर पनि परिवर्तन भएका छन् । प्रशिक्षकमा नयाँ पुस्ताका कुमार थापाको यहि प्रतियोगितामार्फत परिक्षण हुँदैछ । कम्तिमा टोलीलाई फाइनल सम्म पुर्याउनु पर्ने चुनौति उनी सामू छ । फाइनल जिताउन सके उनको प्रशिक्षण करियरले पनि उचाई लिने सम्भावना रहन्छ । उनले डेब्यू खेलमै मलेसिया जस्तो दक्षिण एसिया भन्दा बाहिरको टोलीलाई केही दिनअघि हराएर उनले सम्भावना त देखाइसकेका छन् । तर, अहिले नै मुल्याङकन गर्ने समय भने आएको छैन ।
भारत साफ च्याम्पियनसिपमा पुरुष जस्तै महिला फुटबलको पनि सदाबहादर दाबेदार हो । महिला साफमा नेपालले हराउन नसकेको एक्लो टोली भारतलाई हराउन सकेको छैन । यसअघि बाँकी सबै प्रतिद्वन्द्वि नेपालका लागि कठिन होइनन् । यसपटक समूह चरणमा नेपालले माल्दिभ्स, भुटान र श्रीलंकासँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।
विगतको प्रदर्शनलाई आधारमा मान्ने हो भने सेमिफाइनल यसपटक पनि नेपालका लागि सहज छ । अर्को समूहमा रहेका भारत र बंगलादेश नै नेपालका लागि मुख्य चुनौति हुनेछन् । समूह विजेता बनेर अघि बढ्ने बलियो सम्भावना रहेको नेपालले सेमिफाइनलमा बंगलादेशको सामना गर्नुपर्ने हुन सक्छ । बंगलादेशका सञ्चारमाध्यमका अनुसार यसपटक बंगलादेशले राम्रो तयारी गरेको छ । उपाधि जित्नु भन्दा पनि फाइनल पुग्नु बंगलादेशको पहिलो लक्ष्य हो , त्यसका लागि बंगलादेशले नेपाललाई हराउने लक्ष्य पक्कै राखेको हुनुपर्छ ।
स्वदेशमा अन्य खेलाडी सातौं राष्ट्रिय खेलकुदमा आन्तरिक प्रतिस्पर्धा गरिरहँदा महिला टोली भारत यात्रामा निस्किदैछ । त्यहि भारतलाई हराउन सके नेपाल महिला फुटबलमा दक्षिण एसिया च्याम्पियन बनेर फर्कनेछ सम्भावना रहन्छ ।
April 1, 2025
सुनिल गाउँले,सिमरा जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको १५ औं संस्करणबाराको सिमरा रंगशालामा यसै साता सुरु हुने भएको छ । आयोजक नव–जनजागृति युवा क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी गराएको छ । आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाका अनुसार फ्लड लाईटमा हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना […]
April 1, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अघिल्ला दुवै संस्करणको उपविजेता धनगढी एफसीले तेस्रो संस्करणको नेपाल सुपर लिगमा विजयी सुरूवात गरेको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढीले बुटवल लुम्बिनी एफसीलाई ४-१ ले पराजित गर्यो । धनगढीको जितमा अहमद हिजाजीले दुई गोल तथा कृतिश रत्न छुन्जु र सर्जियो बार्बोजाले १-१ गोल गरे । धनगढीले इन्ज्युरी समयमा २ गोल […]
April 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो एनसेल नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्बिनी एफसी र धनगढी एफसीबीचको खेल जारी छ। पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको छ। दशरथ रंगशालामा जारी खेलको छैटौं मिनेटमा नै धनगढीले अग्रता बनायो। जर्ज प्रिन्स कार्कीको फ्लिक हेडरमा अहमद हिजाजीको एक्रोबेटिक सट गोलमा परिणत भयो। यो गोलमा लुम्बिनीका डिफेन्डर विमल पाण्डे र […]