2 years ago
October 14, 2022
पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबलमा एपिएफले प्रदेश १ माथि ७-१ को सहज जित दर्ता गरेको छ ।
फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ एक्लैले ६ गोल गरेपछि एपिएफले सहज जित आत्मसात गरेको हो । पहिलो हाफको ३५ मिनेटसम्म प्रदेश १ ले १-१ को बराबरीमा खेल राखेपनि साम्बासामु प्रदेश १ को केही चलेन ।
साम्बाले पहिलो र दोस्रो हाफमा ३-३ गोल गरिन् । अनिता केसीले अर्को गोल गरिन् ।
वालिङमा जारी प्रतियोगिता अन्तर्गत समूह सीको दोस्रो खेलमा गण्डकीले कर्णाली प्रदेशलाई ३–० गोल अन्तरले पराजित गर्यो । गण्डकीको जितमा उदय थापा दुई र शान्ती नेपालीले १ गोल गरिन् ।
खेलको ३३ औं मिनेटमा गण्डकीका लागि शान्तीले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन् । त्यस्तै उदयले खेलको ५८ औं र ६६ औं मिनेटमा उदयले दोस्रो र तेस्रो गोल गरिन् ।
यस नतिजासँगै एपिएफ र गण्डकीले ३-३ अंक जोडेका छन् । आज नै हुने तेस्रो खेलमा सुदूरपश्चिमले मधेश प्रदेशको सामना गर्दैछ ।
यसअघि महिला फुटबलतर्फ पहिलो दिन विहीबार पुलिसले बागमतीलाई ५-० तथा आर्मीले मधेशलाई ६-० ले पराजित गरेको थियो।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित। साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा आज नेपालले म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको छ। दुई पटक कमब्याक गर्दै नेपालले फिफा वरियताको ५५ औं स्थानमा रहेको म्यानमार विरूद्ध बराबरी नतिजा निकालेको हो। फाइनल पुगिसकेको म्यानमार लिग विजेता र नेपाल उप विजेता रह्यो। आजको खेलमा नेपालकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को प्रदर्शन प्रभावशाली रह्यो। उनले […]
February 23, 2025
हिमाल खरेल,भद्रपुर काउर्न बाजार प्रगति संघ बंगलादेश भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा काउर्नले न्यु रोड टिम (एनआरटी) लाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । काउर्नले सेमिफाइनलमा आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग फाइनल प्रवेशका खेल्नेछ । […]