default_image

2 years ago

October 14, 2022

पुरुष फुटबलमा आर्मीको विजयी सुरुवात

276 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी फुटबल क्लबले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलमा विजयी सुरुवात गरेको छ ।

गोस्टेघाट फुटबल मैदानमा शुक्रबार भएको खेलमा आर्मीले लुम्बिनी प्रदेशलाई ४–१ ले हराएको छ । समूह ‘सी’मा आर्मीको जितमा जर्जप्रिन्स कार्की, भरत खवास, दिनेश हेन्जन र नवयुग श्रेष्ठले गोल गरेका थिए । नेपाल पुलिस क्लब पछि समूह सीमा रहेको छ ।

फुटबलको पहिलो दिन एनआरएनए र बागमती प्रदेशले विजयी सुरुवात गरेको थियो । एनआरएनले प्रदेश १ लाई २–० र बागमती प्रदेशले मधेशलाई २–० ले हराएको थियो । तर फुटबलको उद्घाटन खेल भने विवादमा परेको थियो ।

प्रदेश १ ले आफ्नो खेलविरुद्ध खेल्ने ८ खेलाडी नियमानुसार एनआरएनए टोलीबाट खेल्न नमिल्ने भन्दै प्रोटेष्ट (दाबी विरोध) हालेको थियो । त्यसअघि खेल सुरु हुनुअघि नै प्रदेश १ ले खेल्न नमिल्ने बताएको थियो ।

तर, आयोजकले खेलपछि प्रोटेष्ट राख्न सकिने भनेपछि प्रदेश १ खेल्न राजी भएको थियो । प्राविधिक समितिका सचिव प्रचण्ड शर्माले एनआरएनए टोलीले उजुरी परेका खेलाडीको कागजपत्र पेश गरेको र त्यसको अध्ययन गर्न बाँकी रहेको बताएका छन् ।

‘हामीले प्रमाण मागररेका थियौं। उहाँहरुले बुझाउनु भएको छ,’ शर्माले भने, ‘हामी त्यसको अध्ययन पछि ८ खेलाडीका बारेमा निर्णय लिनेछौं । टिमका विरुद्धमा होइन ८ खेलाडीको बारेमा उजुरी परेकाले त्यहि विषयमा मात्र छानविन गर्नेछौं ।’

March 28, 2025

बार्सिलोनाको सहज जित

एजेन्सी – बार्सिलोनाले ओसासुनालाई बिहीवार ३-० हराएपछि स्पेनिस ला लिगामा साविक विजेता रियल म्याड्रिडलाई ३ अंकले पछि पारेको छ। रोबर्ट लेवान्डोव्स्की र राफिन्हालाई विश्राम दिएपनि क्याटलान क्लबले फेरान टोरेसको र डानी ओल्मोको पेनाल्टी गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो । दोस्रो हाफमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका लेवान्डोव्स्कीले ७७औं मिनेटमा हेडरमार्फत तेस्रो गोल […]

March 27, 2025

चर्च ब्वाइज तिलोत्तमा गोल्ड कपको उपाधि नजिक

सुमन अधिकारी, बुटवल चर्च ब्याइज युनाइटेड रुपन्देहीमा जारी २३ औं तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। दोस्रो सेमिफाइनल बिहीवार १० खेलाडीमा सिमित मच्छिन्द्र एफसीलाई ४-१ ले पराजित गर्दै चर्च ब्वाइज उपाधि नजिक पुगेको हो। देविनगरस्थित एन्फा टेक्निकल खेल मैदानमा भएको खेलको पाँचौं मिनेटमा मच्छिन्द्र १० खेलाडीमा सिमित भएको थियो । मच्छिन्द्रका रोशन […]

March 27, 2025

प्लानिङ ब्वाइजको तेस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)- शीर्ष स्थानकोप्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा लगातार तेस्रो जित हात पारेको छ। मध्यपुर युथ एसोसिएसनलाई २-० ले हराउँदै प्लानिङ ब्वाइज शीर्षस्थानमा कायमै रहेको हो। एन्फा कम्प्लेक्समा आज भएको दोस्रो खेलमा प्लानिङ ब्वाइजले ३० औं मिनेटमा अग्रता बनायो। कर्नरमा विशाल दर्जाको हेडर गोलमा परिणत भयो। पहिलो हाफ १-० को नतिजामा […]

Success

Thank you for your time.