default_image

2 years ago

October 14, 2022

साकाको गोलमा आर्सनलको जित

121 views

0 Bookmark

एजेन्सी – इंग्लिस मिडफिल्डर बुकायो साकाको गोलमा इंग्लिस क्लब आर्सनलले युरोपा लिगमा जित निकालेको छ ।आर्सनलले घरेलु टोली बोडो ग्लिम्टलाई १–० ले पराजित गरेको हो ।

आर्सनलको जितमा साकाले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले २४औं मिनेटमा गोल गरेका थिए ।

यस जितसँगै आर्सनल युरोपा लिगको समूह ‘ए’ मा ३ खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा रहेको छ । बोडो ग्लिम्ट ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

यही समूहको अर्काे खेलमा पिएसभी इन्डोभेनले एफसी जुरिचलाई ५–० ले पराजित गरेको छ । पिएसभीको जितमा जोए भिरमनले दुई तथा इरिक गुइटेरेज, इब्राहिम संगारे र अनवर इल घाँजीले समान एक गोल गरे ।

यस जितसँगै पिएसभी ३ खेलबाट ७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । पराजित जुरिच अंकविहीन हुँदै पुछारमा छ ।

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

October 17, 2024

पहिलो हाफमै भारतको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरुद्ध ४ गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा ४-१ को अग्रता लिएको छ । खेलको सुरुवातदेखि आक्रमण बुनेको भारतले १७ मिनेटमै २ गोल गरेको थियो । गोलरक्षक निशा अशरफले गल्ती गर्दा भारतले सहजै अग्रता बढाएको थियो […]

October 17, 2024

एन्फा महासचिवको तलब १० हजार डलर हुनुपर्छ!

सन्जोग चाम्लिङ राई प्राकृतिक विपत्तिले धेरै जनधनको क्षति भएको सबैलाई विदितै छ । दुर्भाग्य हो, ६ जना बाल फुटबल खेलाडीहरुलाई पनि यसपालीको विपत्तिले छोडेन । उनीहरुको सपनाको पनि मृत्यु भयो । नेपाली फुटबलले सम्भावित राष्ट्रिय टिमको खेलाडीहरु गुमायो । उनीहरुप्रति श्रद्धासुमन । पंक्तिकारमा संशय छैन, एन्फा महासचिवको तलब १० हजार डलर हुनु पर्छ । त्यसैगरी […]

Success

Thank you for your time.