2 years ago
October 13, 2022
पोखरा (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीका सदस्य अन्जन विष्ट र सुनिल बलको गोलमा बागमती प्रदेशले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पुरुष फुटबलमा विजयी सुरुआत गरेको छ ।
बागमतीले मधेश प्रदेशलाई २–० ले पराजित गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा रोकिएपनि बागमतीले दोस्रो हाफमा दुई गोल गर्दै सहज जित निकालेको हो ।
पोखराको याम्दीस्थित गोस्टेघाट खेल मैदानमा बिहीबार भएको खेलको ३९औं मिनेटमा सुनिलको गोलबाट बागमतीले अग्रता लिएको थियो । ४५औं मिनेटमा अञ्जन विष्टले पेनाल्टीमार्फत गोल गर्दै बागमतीको अग्रता दोब्बर पारे ।
खेलको पहिलो हाफमा मधेश प्रदेशले बागमतीलाई दबाबमा राखेपनि गोल गर्न नसक्दा हार बेहोर्न पुग्यो । समय अभावका कारण खेल ७० मिनेट खेलाइएको थियो । पहिलो खेल निर्धारित समयभन्दा झन्डै २ घन्टा ढिला गरी सुरु हुँदा त्यसको प्रभाव दोस्रो खेलमा पनि देखिएको थियो ।
बिहिबारको पहिलो खेलमा एनआरएनएले प्रदेश नम्बर १ लाई २–० गोलअन्तरले पराजित गदर्दै विजयी सुरुआत गरेको छ ।एनआरएनएको जितमा विमल घर्तीमगर र सन्जोक राईले गोल गरे ।
प्रतियोगिता अन्तरगत शुक्रबार लुम्बिनी प्रदेश र त्रिभुवन आर्मी क्लबबीच पहिलो तथा कर्णाली र सुदुरपश्चिम बीच दोस्रो खेल हुनेछ ।
February 24, 2025
एजेन्सी – लिगको शीर्ष स्थानमा रहेको बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा इन्ट्रयाक्ट फ्रयांकफर्टविरुद्ध सहज जित दर्ता गरेको छ । आइतवार भएको खेलमा बायर्नले फ्रयांकफर्टमाथि ४-० को सहज जित हासिल गरेको हो । घरेलु मैदानमा भएको खेलमा बायर्नको जितमा माइकल ओलिस, हिरोको इतो, जमाल मुसियाला र सर्जी जिनाब्रीले गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा ओलिसको गोलमार्फत […]
February 24, 2025
एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्ष टोली लिभरपुलले आइतवार म्यानचेस्टर सिटीलाई २-० ले हराएको छ । सिटीको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई दिलाउन मोहम्मद सलाह र डोमिनिक स्जोबोस्लाईले गोल गरे । १४औं मिनेटमा सलाहको गोलमा लिभरपुलले अग्रता लिएयो । ३७औं मिनेटमा स्जोबोस्लाईले लिभरपुलका लागि अर्को गोल गरे । जितसँगै लिभरपुल २७ खेलबाट ६४ अंकका साथ […]
February 24, 2025
एजेन्सी – रियल म्याड्रिड आइतवारको खेल जित्दै स्पेनिस ला लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियलले जिरोनालाई २-० ले हराएको हो । घरेलु मैदानमा टोलीलाई जित दिलाउन लुका मोड्रिच र भेनिसियस जुनियरले गोल गरे । ४१औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई अग्रता लियो । ८३औं मिनेटमा जुनियरले गोल गर्दै रियलको जितलाई सहज बनाए। […]