2 years ago
October 13, 2022
पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलको उद्घाटन खेलमा प्रदेश १ को टोली गैर आवासीय नेपाली संघ (एनआरएनए) सँग पराजित भएको छ ।
गोस्टेघाट फुटबल मैदानमा विहीबार भएको खेलमा एनआरएनएले प्रदेश १ लाई २-० ले पराजित गर्यो । प्रदेश १ कै अधिकांश खेलाडी सम्मिलित एनआरएनएका लागि संजोक राई र विमल घर्ती मगरले १-१ गोल गरे । झापाका संजोकले सुरुवाती अग्रता दिलाएपछि दोस्रो हाफमा राष्ट्रिय टोलीका फरवार्ड विमलले अग्रता दोब्बर पारेका थिए ।
मध्यान्ह १२:३० बजे खेल सुरु हुने भनेपनि विवादका कारण केही ढिलो सुरु भएको थियो । प्रदेश १ ले एनआरएनएका सदस्य नभएका खेलाडी उतार्न खोजेको भन्दै विरोध जनाएको थियो । तर खेलपछि प्रोटेस्ट हाल्न पाउने भनेपछि जसोतसो खेल सुरु भएको थियो ।
एनआरएनएले नियमभन्दा बाहिर गएर टोली निर्माण गरेको प्रदेश १ को आरोप छ । एनआरएनएबाट प्रदेश १ का अनन्त तामाङ, सुजल श्रेष्ठ, पुजन उपरकोटी, निशान खड्का, अशोक खवास र संजोक राई सुरुवाती रोजाइमा उत्रिएका थिए । त्यस्तै विमल घर्ती मगरले सुरुवात गर्दा विशाल राई , रवि सिलवाल, कमल श्रेष्ठ, रोशन पहारी बेन्चमा थिए ।
February 24, 2025
एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्ष टोली लिभरपुलले आइतवार म्यानचेस्टर सिटीलाई २-० ले हराएको छ । सिटीको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई दिलाउन मोहम्मद सलाह र डोमिनिक स्जोबोस्लाईले गोल गरे । १४औं मिनेटमा सलाहको गोलमा लिभरपुलले अग्रता लिएयो । ३७औं मिनेटमा स्जोबोस्लाईले लिभरपुलका लागि अर्को गोल गरे । जितसँगै लिभरपुल २७ खेलबाट ६४ अंकका साथ […]
February 24, 2025
एजेन्सी – रियल म्याड्रिड आइतवारको खेल जित्दै स्पेनिस ला लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियलले जिरोनालाई २-० ले हराएको हो । घरेलु मैदानमा टोलीलाई जित दिलाउन लुका मोड्रिच र भेनिसियस जुनियरले गोल गरे । ४१औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई अग्रता लियो । ८३औं मिनेटमा जुनियरले गोल गर्दै रियलको जितलाई सहज बनाए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित। साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]