default_image

2 years ago

October 13, 2022

सलाहको कीर्तिमानी ह्याट्रिकमा लिभरपुलको सानदार जित

154 views

0 Bookmark

एजेन्सी – इजिप्टियन फरवार्ड मोहम्मद सलाहले बेञ्चबाट आएर कीर्तिमानी ह्याट्रिक प्रहार गरेपछि इंग्लिस क्लब लिभरपुलले युइएफए च्याम्पियन्स लिगमा सानदार जित दर्ता गरेको छ ।

लिभरपुलले स्कटिस क्लब रेन्जर्समाथि उसकै मैदानमा ७–१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । लिभरपुलको जितमा सलाहले ह्याट्रिक पूरा गर्दा रोबर्टाे फिर्मिनोले दुई तथा डार्विन नुनेज र हार्भे इलिओटले समान एक गोल गरे । घरेलु टोलीका स्कट अर्फिल्डको गोल सान्त्वना बन्यो ।

आइब्रक्स स्टेडियम ग्लास्गोमा बुधबार राति गोलको वर्षा भएको खेलमा घरेलु टोलीले खेलको १७औं मिनेटमा लिभरपुलविरुद्ध अग्रता लिन सफल भएको थियो । स्कट अर्फिल्डले रायन ज्याकको पासमा गोल गर्न सफल भएका थिए ।

२४औं मिनेटमा रोबर्टाे फिर्मिनोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले कोन्स्टाटिनोस टिसिमकासको पासमा गोल गर्न सफल भएका थिए ।

५५औं मिनेटमा फिर्मिनोले जोसेप गोमेजको पासमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गरेपछि लिभरपुल खेलमा २–१ ले अघि बढ्यो । ६६औं मिनेटमा फिर्मिनोको पासमा डार्विनले गोल गर्दै लिभरपुललाई सहज जिततर्फ अघि बढाए ।

त्यसपछिको तीन गोल परिवर्तित खेलाडी सलाहको नाममा रह्यो । उनले तीनै गोल डिएगो जोटाको पासमा गोल गर्न सफल भएका थिए । सलाहले ६ मिनेट १२ सेकेन्डको अन्तरमा ह्याट्रिक पूरा गर्दै च्याम्पियन्स लिगमा सबैभन्दा छिटो ह्याट्रिक पुरा गर्ने कीर्तिमान बनाएका छन् ।

यसअघि सबैभन्दा छिटो ह्याट्रिक गर्नै कीर्तिमान फ्रेन्च क्लब लियोनका बाफेटिम्वी गोमिसको नाममा रहेको थियो । उनले सन् २०११ मा डिनामो जाग्रिवविरुद्ध ७–१ को जितमा ८ मिनेटको अन्तरमा ह्याट्रिक पूरा गर्दै कीर्तिमान बनाएका थिए ।

६८औं मिनेटमा डार्विन नुनेजको स्थानमा मैदान छिरेका सलाहले ७६औं मिनेटमा डिएगो जोटाको पासमा पहिलो गोल गर्दा लिभरपुल खेलमा ४–१ ले अघि बढ्यो । ८०औं मिनेटमा सलाहले जोटाकै पासमा गोल गर्न सफल हुदा लिभरपुलले ५–१ को अग्रता लिन सफल भयो ।

त्यसको एक मिनेटपछि सलाहले जोटाकै ह्याट्रिक असिस्टमा ह्याट्रिक पूरा गरेपछि लिभरपुलले खेलमा ६–१ को आरामदायी स्थितिमा अघि रह्यो । त्यसपछि ८७औं मिनेटमा हार्भे इलिओटले गोल गर्दै लिभरपुलको फराकिलो जित सुनिश्चित गरे ।

यस जितसँगै लिभरपुल समूह ‘ए’ मा ९ अंक जोडेर नकआउट चरण नजिक पुगेको छ । पराजित रेन्जर्स अंकविहीन हुँदै पुछारमा छ ।

यही समुहको अर्काे खलमा डच क्लब आयाक्सलाई ४–२ ले हराएर इटालियन क्लब नेपोली समूह चरणको दुई खेल बाँकी छँदै खेलेको सबै चार खेलमा जितसहित प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

नेपोलीको जितमा हिर्भिङ लोजानो, जियाकोमो रास्पडोरी, कभिचा केभाराटकेलिया र भिक्टर ओसिमहेनले गोल गरे । आयाक्सका डाभी क्लासेन र स्टेभन वर्गवाइनले गोल फर्काए ।

यो जितसँगै नेपोलीले ४ खेलबाट शतप्रतिशत जित जितसहित १२ अंक जोडेर शीर्षस्थानमा रह्यो । पराजित आयाक्स ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

July 3, 2024

बराबरीमा रोकिए पनि ब्राजिल क्वाटरफाइनलमा

एजेन्सी – कोलम्बियासँग बराबरी खेल्दै रोक्दै ब्राजिल कोपा अमेरिकाको क्वार्टरफाइनलमा पुगेको छ। अमेरिकामा जारी कोपामा यसअघि नै क्वाटरफाइनलमा पुगिसकेको कोलम्बियासँग बुधबार भएको खेल‌मा ब्राजिलले १-१ को बराबरी खेलेको हो। लेभिस स्टेडियममा बराबरी खेलेपछि कोलम्बिया समूह डीको विजेता र ब्राजिल उप विजेता बन्यो। ४ खेलमा अपराजित रहँदै कोलम्बियाले ७ अंक जोड्यो। अपराजित रहेको ब्राजिलको समान खेलमा […]

July 3, 2024

टर्की युरोको क्वाटरफाइनलमा

एजेन्सी – निकै रोमान्चक खेलमा अष्ट्रियालाई हराउँदै टर्कीले युरोपेली च्याम्पियनसिप २०२४ को क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । जर्मनीको लाइप्जिगमा टर्कीले २-१ को जित निकाल्दै अन्तिम ८ मा स्थान पक्का गरेको हो । टर्कीको जितमा डिफेन्डर मरिह डेमीरालले दुवै गोल गरेका थिए । अष्ट्रियाले खेलको अन्त्यतिर लगातार आक्रमण बुन्दै गोल फर्काएपनि बराबरी भने गर्न सकेन […]

July 2, 2024

नेदरल्याण्ड्स युरोको क्वाटरफाइनलमा

एजेन्सी – रोमानियालाई हराउँदै नेदरल्याण्ड्स युरो कप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । म्युनिखमा भएको प्रिक्वाटरफाइनल खेलमा नेदरल्याण्ड्स ३-० ले विजयी भएको हो । २०औं मिनेटमा कोडी गाक्पोले सुरुवाती गोल गर्दै नेदरल्याण्ड्सलाई अग्रता दिलाएका थिए । जाभि सिमोन्सको पासमा उनले बक्स भित्रबाट नियर-पोस्टमा राम्रो फिनिस गरेका थिए । दोस्रो गोल ८३औं मिनेटमा डोन्यल मालेनले […]

Success

Thank you for your time.