default_image

2 years ago

October 12, 2022

विश्वकपअघि अर्जेन्टिनाका दुई महत्त्वपूर्ण खेलाडी घाइते

147 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप २०२२ कतार सुरु हुन एक महिना बाँकी छ । तर उपाधिको प्रमुख दाबेदारको रुपमा हेरिएको अर्जेन्टिनालाई भने विश्वकपअघि चोटका कारण समस्या पर्ने देखिएको छ ।

अर्जेन्टिनाको आक्रमणमा मेस्सीलाई साथ दिने दुई खेलाडी क्लब फुटबलका दौरान चोट बोक्न पुगेका छन् । यसै सिजन युभेन्टस छाडेर एएस रोमा पुगेका फरवार्ड पाउलो डिबाला र पिएसजी छोडेर युभेन्टस पुगेका एन्जल डी मारिया घाइते हुन पुगेका छन् । दुवै खेलाडीको चोट कति गम्भीर भन्ने बाहिर आइसकेको छैन । तर विश्वकपका लागि भने दुवै तयार हुने सम्भावना निकै कम छ ।

डी मारियाले मंगलबार च्याम्पियन्स लिगमा मक्कबी हाइफाविरुद्ध खेलका दौरान चोट बोकेका थिए । ३४ वर्षीय विंगरको दायाँ ह्यामस्ट्रीङमा चोट लागेको हो । गत वर्ष कोपा अमेरिकाको फाइनलमा विजयी गोल गरेका उनी अर्जेन्टिनाको प्रमुख खेलाडी मध्यमा पर्छन् । तर उनले चोट बोकेपछि अब विश्वकपमा खेल्ने सम्भावना कमजोर बनेको छ । सामान्यतया यो चोटले खेलाडी ४ देखि ६ साता बाहिर रहन्छन् ।

यस्तै डिबालाले पनि इटालियन लिगमा लेच्चेविरुद्ध खेलमा चोट बोकेका थिए । पेनाल्टी लिने क्रममा चोट बोकेका उनको स्थिति निकै खराब रहेको प्रशिक्षक जोसे मोउरिन्होले बताए । २८ वर्षीय फरवार्डले आँशु झार्दै मैदान छाडेका थिए ।

मोउरिन्होले खेलको हाफ टाइममा चोटबारे जानकारी दिएका थिए । ‘डिबालाको चोट खराब छ । मैले हेर्दा खराब देखें । तर जब डिबालालाई भेटें, निकै खराब लाग्यो,’ उनले भने ।

अर्जेन्टिना विश्वकपमा खेल्नुअघि ३५ खेलको अपराजित यात्रामा छ । विश्वकपको उपाधि दाबेदार मानिएको टोलीका दुई मुख्य खेलाडी नहुँदा प्रशिक्षक लिओनेल स्कालोनीलाई कठिन हुन सक्छ ।

अर्जेन्टिना विश्वकपको समूह सी मा रहेको छ । अर्जेन्टिनाको समूहमा साउदी अरब, मेक्सिको र पोल्यान्ड रहेका छन् ।

September 21, 2024

अन्नपूर्ण आरसिटीमा पहिलो पटक महिलालाई सदस्यता

काठमाडौं (हाम्रो खेलकुद)–अन्नपूर्ण आरसिटीले १९ औं साधारण सभाको अवसरमा शनिवार पहिलो पटक महिलालाई पनि सदस्यता प्रदान गरेको छ । योसँगै आरसिटीले महिला टिम बनाउने र प्रतियोगिता खेल्ने बाटो खोलेको छ । अध्यक्ष सुरेशकाजी शाक्यले ३ दर्जन भन्दा बढी महिला सदस्यलाई क्लबमा स्वागत गरे । महिला टिम बनाएपछि आरसिटीले एन्फा वुमेन्स लिगमा सहभागिता जनाउने पाउनेछ । […]

September 21, 2024

धादिङमा फुटबल र मिनि म्याराथन हुने

धादिङ (हाम्रो खेलकुद) – धादिङकाे निलकण्ठ नगरपालिका वडा नं.१४ धुवाकोटमा चौथो खुल्ला सेभेन ए साइड नकआउट फुटबलसँगै खुल्ला मिनि म्याराथन दौड प्रतियोगिता हुने भएको छ । कुपा युवा समाजको आयोजनामा विजया दशमी तथा दीपावलीको अवसरमा असोज २३ गतेदेखि कात्तिक १ गतेसम्म फुटबल तथा खुल्ला १० किलोमिटर मिनि म्याराथन दौड प्रतियोगिता हुने क्लबका अध्यक्ष हर्क गुरुङले जानकारी […]

September 21, 2024

कम्बोडियासँग नेपालको लज्जास्पद हार

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी यु-२० एसियन कप छनोटको पहिलो खेलमा नेपाल कम्बोडियासँग ४-१ को फराकिलो अन्तरले पराजित भएको छ। चाइनिज ताइपेईमा जारी ग्रुप बीको खेलमा नेपालले कमजोर प्रदर्शन गर्यो। नेपाल विरूद्ध कम्बोडियाले सुरूवातमा नै अग्रता बनायो। भ्रेक फानको हेडर गोलमा खेलको तेस्रो मिनेटमा कम्बोडियाले अग्रता कायम गर्यो। पहिलो गोल खाएर सम्हालिन नपाउँदै नेपालले सातौं मिनेटमा […]

Success

Thank you for your time.