2 years ago
October 12, 2022
एजेन्सी – युवा फरवार्ड किलीयन एमबाप्पे पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग असन्तुष्ट रहेको र क्लब छाड्न चाहेको चर्चा मंगलबार युरोपेली संचारमाध्यममा छायो । तर क्लबले भने एमबाप्पेले क्लबसमक्ष त्यस्तो कुरा नगरेको बताएको छ ।
पिएसजीले च्याम्पियन्स लिगमा बेन्फिकासँग खेल्नुअघि क्लबका खेल निर्देशक लुइस काम्पोसले एमबाप्पेले क्लब छाड्नेबारे केही नभनेको जानकारी दिए । ‘म एमबाप्पेलाई दैनिक भेट्छु । तर उनले हालसम्म मलाई क्लब छोड्नेबारे केही भनेका छैनन्,’ काम्पोसले भने ।
‘यो खेलाडीले भनेको कुरा नै होइन । यो त संचारमाध्यममा आएको हो । च्याम्पियन्स लिगको महत्त्वपूर्ण खेलअघि यस्तो चर्चाले हामीलाई असर गर्छ,’ उनले भने, ‘म त्यसैले यहाँ आएको छु । एमबाप्पेले मलाई वा अध्यक्ष अल खलिफालाई क्लब छाड्नेबारे भनेका छैनन् । हामी उनको अवस्थालाई लिएर खुसी छौं ।’
काम्पोसले एमबाप्पेले क्लबको लागि निकै मिहिनेत गरिरहेको पनि बताए । ‘किलीयन उच्च कोटिका खेलाडी हुन् । उदाहरणका लागि राइम्सविरुद्ध खेलमा उनले बिरामी भएपनि खेले । उनले टोलीका लागि मिहिनेत गरे । म उनलाई टोलीमा सबैसँग मिलेको देख्छु । उनी खुसी छन् र आफ्नो इच्छाले यहाँ आएका छन्,’ उनले थपे ।
एमबाप्पेले सन् २०१७ मा पिएसजी आएयता ११ उपाधि जितिसकेका छन् । उनले ४ पटक फ्रान्सेली लिगको उपाधि पनि जिते । फ्रान्सका लागि विश्वकप जितिसकेका उनी अर्को महिना सुरु हुने विश्वकपमा पनि केन्द्रमा रहनेछन् ।
December 17, 2024
दिपक बोहोरा,पाँचथर पाँचथर सदरमुकाम फिदिममा शनिवार सुरु हुने ११ औं फाल्गुनन्द गोल्डकपको खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक फिदिम स्पोर्टिङ क्लबले सामाजिक सञ्जाल मार्फत गोल्डकपको खेलतालिका सार्वजिक गरेका हुन् । उद्घाटन खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लबले पाहुना टोली करसाङ एफसी भारतसँग प्रतिस्पर्धा गर्नेछ ।मच्छिन्द्र एफसी र झापा ११ फुटबल क्लबबीच पुस ७ गते दोस्रो […]
December 16, 2024
हिमाल खरेल,बिर्तामोड उपाधिको दाबेदार मध्ये त्रिभुवन आर्मी फुटबल क्लब झापाको बिर्तामोडमा जारी प्रथम झापा कपको क्वार्टर फाइनल खेलबाटै बाहिरिएको छ । सिरहाको सलहेश युवा क्लबसँग २-० ले पराजित हुँदै आर्मी खेलबाट बाहिरिएको हो । झापामा हुने प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएको सलहेश आर्मीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । सलहेशको जितमा अभि लामा र आदित्य शाक्यले […]
December 16, 2024
दिपक बोहोरा,पाँचथर पाँचथर गोल्डकपको पाँचौ संस्करण फागुनमा हुने भएको छ । आयोजक पाँचथर क्लबले आइतवार पत्रकार सम्मेलन गर्दै एक विदेशीसहित ८ टोलीको सहभागितामा फिदिम माविको खेलमैदानमा प्रतियोगिता हुने जानकारी दिएको छ। फागुनमा प्रतियोगिता हुने भने पनि मिति भने पछि तय हुने बताइएको छ । सहभागी टोलीको लाग्न केहि समय लाग्ने आयोजक क्लबका अध्यक्ष कमल तुम्रोकले […]