2 years ago
October 11, 2022
एजेन्सी – विश्व फुटबलमा उच्च लयमा रहेर चर्चा बटुलिरहेका युवा फरवार्ड एर्लिङ हालान्ड यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबारको खेलमा बेन्चमा बस्ने भएका छन् ।
प्रशिक्षक पेप गुआर्डीओलाले समूह चरण अन्तर्गत चौथो खेलमा एफसी कोपेनहेगनविरुद्ध हालान्डलाई सुरुवाती ११ मा राखेका छैनन् । उनले अर्जेन्टिनी फरवार्ड जुलियन अल्भारेजलाई अवसर दिएका छन् । च्याम्पियन्स लिग अन्तर्गत यसअघि ३ खेलमा ५ गोल गरेका हालान्ड पछिल्लो खेलमा पनि हाफ टाइममा परिवर्तन भएका थिए ।
हालान्डले च्याम्पियन्स लिगको पहिलो खेलमा सेभियाविरुद्ध ४-० को जितमा दुई गोल गरेका थिए । त्यसपछि आफ्नै पूर्व क्लब बोरुसिया डर्टमुन्डविरुद्ध २-१ को जितमा पनि उनले गोल गरे । पछिल्लो खेलमा कोपेनहेगनविरुद्ध पहिलो हाफ मात्र खेलेका हालान्डले ५-० को जितमा २ गोल गरेका थिए ।
आजको खेलमा अल्भारेजलाई मिडफिल्डबाट रियाद माहरेज, केभिन डे ब्रुएन र ज्याक ग्रिलिसले साथ दिनेछन् । रक्षात्मक मिडफिल्डमा रोड्री र इल्काए गुन्डोगन रहेका छन् । डिफेन्समा सर्जी गोमेज, एमेरिक लापोर्ट, म्यानुएल अकान्जी र जोआओ क्यान्सेलो रहेका छन् । गोलरक्षकमा ब्राजिलियन एडरसन मोराएस नै नियमित छन् ।
March 11, 2025
दिपक बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]
March 11, 2025
हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]