default_image

2 years ago

October 11, 2022

गाक्पोमाथि रियल म्याड्रिड र प्रिमियर लिग क्लबको नजर

117 views

0 Bookmark

एजेन्सी – नेदरल्यान्ड्सको राष्ट्रिय टोली र डच क्लब पिएसभी आइन्डोभनका विंगर कोडी गाक्पो पुन: एकपटक चर्चामा आएका छन् । उच्च लयमा रहेका उनलाई प्रिमियर लिगका क्लबसँगै रियल म्याड्रिडले पनि नजिकबाट नियालिरहेको युरोपेली संचारमाध्यमले जनाएका छन् ।

गत वर्ष राष्ट्रिय टोलीका लागि डेब्यु गरेका गाक्पो लेफ्ट विंगमा खेल्ने गर्दछन् । रियल म्याड्रिडले उक्त पोजिसनमा भिनिसियस जुनिअर उपस्थित रहेपनि भविष्यमा गाक्पो आफ्नो योजनामा पर्न सक्ने खेलाडीको रुपमा हेरेको छ । २३ वर्षीय विंगरले जारी सिजन पिएसभीका लागि उच्च प्रदर्शन गरिरहेका छन् ।

त्यसो त गाक्पोको नाम गत ट्रान्सफर विन्डोमा म्यानचेस्टर युनाइटेडसँग पनि जोडिएको थियो । तर प्रशिक्षक एरिक टेन हागले आफ्नो पूर्व क्लब आयाक्सका एन्टोनी सान्तोसलाई रोजेपछि गाक्पोको ट्रान्सफर सफल हुन सकेन । लिड्स युनाइटेडले गाक्पोलाई अनुबन्ध गर्न इच्छा जाहेर गरेपनि खेलाडी आफैंले लिड्सलाई सहि गन्तव्य मानेनन् ।

गाक्पो र पिएसभीबीच सन् २०२६ सम्मको सम्झौता रहेको छ । पिएसभीले गत ट्रान्सफर विन्डोमा ५० मिलियन युरो माग राखेको थियो । तर क्लबले ३० मिलियन युरोसम्म सम्झौता गर्न तयार रहने देखिन्छ ।

गाक्पोले विश्वकप अघि अन्यत्र जाँदा आफ्नो राष्ट्रिय टोलीमा पर्ने सम्भावना कमजोर रहने आँकलन गरेको पनि चर्चा चलेको छ । त्यसकै नतिजास्वरूप उनले जारी सिजन उच्च प्रदर्शन गरेका छन् । डच लिगको शीर्ष गोलकर्ता रहेका उनले ९ खेलमा ९ गोल गरेका छन् । युरोपा लिगमा पनि उनले ३ गोल थपेका छन् । सन् २०२१ जुनयता राष्ट्रिय टोलीका लागि ९ खेलमा ३ गोल उनको नाममा रहेको छ ।

July 5, 2024

दुई उपाधि दावेदारको क्वाटरफाइनल भिडन्त

एजेन्सी – युरो २०२४ मा हालसम्म सबैभन्दा बलियो देखिएका दुई टोलीले क्वाटरफाइनलको सुरुवात गर्दैछन् । अलग जोश र घरेलु भूमिमा उपाधिका लागि तत्पर घरेलु टोली जर्मनी तथा युवा जोशले भरिपूर्ण स्पेन आज ९:४५ बजे सेमिफाइनलमा स्थान बनाउनका लागि भिड्दै छन् । जर्मनीले १९९६ यता युरो कपको उपाधि जित्न सकेको छैन । युरो जितेयता विश्वकप कै […]

July 5, 2024

इक्वेडोरलाई टाईब्रेकरमा हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

एजेन्सी – इक्वेडोरलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । गोलरक्षक इमिलियानो मार्टिनेजले पेनाल्टी सुटआउटमा दुई वटा पेनाल्टी बचाउँदै ४-२ को जित निकालेपछि शुक्रबार अर्जेन्टिना लगातार पाँचौं पटक सेमिफाइनलमा प्रवेश गरेको हो । कोपा अमेरिकामा क्वाटरफाइनल र सेमिफाइनलमा बराबरीको खण्डमा खेल सिधै पेनाल्टी सुटआउटबाट निर्धारण हुने प्रावधान छ […]

July 5, 2024

‘एमबाप्पे र रोनाल्डो’ – रियल म्याड्रिड ग्यालेक्टिकोस विगत र भविष्यको भेट

एजेन्सी – बाल्यकालमा केलियन एमबाप्पेले आफ्नो कोठाको भित्तामा क्रिस्टियानो रोनाल्डोको तस्विर राखेका थिए । फ्रान्सेली फुटबल टोलीका कप्तान समेत रहेका एमबाप्पे अहिले फुटबलको चर्चित नाम बनिसकेका छन् । उनै एमबाप्पेले आफ्नो बाल्यकालका स्टार रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल विरुद्ध युरो कप २०२४ को क्वाटरफाइनलमा खेल्दैछन् । युरो २०२४ को क्वाटरफाइनलमा फ्रान्स र पोर्चुगल आमनेसामने हुँदा रोनाल्डो […]

Success

Thank you for your time.