2 years ago
October 11, 2022
एजेन्सी – इंग्लिस क्लब लिभरपुलका कोलम्वियन फरवार्ड लुइस डियाज कम्तीमा तीन महिना मैदान बाहिर रहने भएका छन् ।
घुँडाको चोटको कारण उनी डिसेम्बरसम्म अर्थात कम्तीमा तीन महिना मैदान बाहिर रहने भएका हुन् । प्रिमियर लिग अन्तर्गत आइतबार राति आर्सनलसँग ३–२ ले पराजित भएको खेलमा डियाजले चोट बोकेका थिए ।
२५ वर्षीय डियाजको सोमबार घुँडाको स्क्यान गरिएको थियो । उनको घुँडाको चोटको शल्यक्रिया गर्नु नपर्ने भएपनि उनले विश्वकपपछि सम्मै खेल्न सक्ने छैनन् ।
२० नोभेम्वरबाट कतारमा फिफा विश्वकप शुरु हुँदा लिभरपुलले १३ नोभेम्वरसम्ममा १० खेल खेल्ने तालिका छ । लिभरपुलले २६ डिसेम्वरमा एस्टन भिल्लासँग खेल्दै पुन प्रिमियर लिगमा फर्कनेछ ।
डियाजको चोटसँगै यो सिजन खराव प्रदर्शन गरिरहेको लिभरपुललाई थप समस्या थपिएको छ । गत सिजनको उपविजेता लिभरपुल यो सिजन ८ खेल खेल्दा १० अंक मात्रै जोड्दै १०औं स्थानमा रहेको छ ।
लिभरपुलले कमजोर शुरुवात गरेपनि डियाजले लिभरपुलका लागि उच्च प्रदर्शन गरिरहेको छ । डियाजले यो सिजन लिभरपुलका लागि १२ खेल खेल्दा ४ गोल गरिसकेका छन् ।
डियाजले आर्सनलका मिडफिल्डर थोमस पार्टीसँग जुध्न पुग्दा पहिलो हाफको अन्त्यतिर बैसाखीको सहारामा इमिरेट्स स्टेडियम छाडेका थिए । त्यही खेलमा ट्रेन्ट एलेक्साण्डर–अर्नोल्ड पनि चोटकै कारण दोस्रो हाफको शुरुमै मैदान छाड्न पुगेका थिए ।
लिभरपुलले बुधबार च्याम्पियन्स लिगमा रेन्जर्ससँग खेल्दैछ । त्यसपछि आइतवार प्रिमियर लिगमा एनफिल्डमा च्याम्पियन म्यानचेस्टर सिटीको आतिथ्यता गर्दैछ ।
March 12, 2025
एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ। बायर्न म्युनिखले मंगलवार बायर लेभरकुसेनलाई २-० ले हरायो । समग्रमा ५-० को अग्रतासहित बायर्न च्याम्पियन्स लिगको अन्तिम आठमा पुगेको हो।ह्यारी केन र अल्फोन्सो डेभिसको गोलमा बायर्न विजयी भएको हो। केनले ५२ औं मिनेटमा गोल गरे । यो सिजनको च्याम्पियन्स लिगमा केनको दसौं औं हो । एउटै […]
March 12, 2025
एजेन्सी – लिभरपुल च्याम्पियन्स लिगबाट बाहिरिएको छ। पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले पहिलो लेगको पराजय उल्टाउँदै एनफिल्डमा पेनाल्टीमा ४-१ को जित हासिल गर्यो। यो जितले पिएसजी च्याम्पियन्स लिगको क्वाटरफाइनल प्रवेश गरेको छ। लिभरपुलका प्रशिक्षक आर्ने स्लटको नेतृत्वमा पहिलो ठूलो धक्का बेहोरेको छ। डार्विन नुनेज र कर्टिस जोन्सका प्रहार पिएसजीका गोलकिपर जियानलुइजी डोन्नारुम्माले रोके । जबकी पिएसजीले […]
March 11, 2025
दिपक बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]