default_image

2 years ago

October 11, 2022

ग्रिजमन एट्लेटिकोको स्थायी खेलाडी

110 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिजमन स्थायी खेलाडीको रुपमा स्पेनिस क्लब एट्लेटिको मड्रिडमा अनुबन्धित भएका छन् ।

एट्लेटिकोले सोमबार ग्रिजमनलाई क्याटलान क्लब बार्सिलोनाबाट स्थायी खेलाडीको रुपमा अनुबन्ध गरेको जनाएको छ । पछिल्लो सिजन ग्रिजमनले लोनमा एट्लेटिकोबाट खेलिरहेका थिए । ३१ वर्षीय ग्रिजमनले एट्लेटिकोसँग ४ वर्षको सम्झौता गरेका छन् ।

ग्रिजमन सन् २०१९ मा एट्लेटिकोबाटै बार्सिलोना पुगेका थिए । ग्रिजमनले बार्सिलोनाका लागि १०२ खेलमा ३५ गोल गरेका थिए । उनी २०२१ मै लोनमा एट्लेटिको फर्किएका थिए । ग्रिजमनले यो सिजन एट्लेटिकोको लागि १० खेलमा ३ गोल गरिसकेका छन् ।

July 1, 2024

स्पेन फराकिलो जितसँगै क्वाटरफाइनलमा

एजेन्सी – जर्जियाविरुद्ध पुनरागमन जित दर्ता गर्दै स्पेनले युरोपेली च्याम्पियनसिप २०२४ को क्वाटरफाइनलमा स्थान बनाएको छ । जर्मनीको कोल्नमा भएको खेलमा स्पेनले ४-१ को जित निकाल्दै अर्को चरणमा स्थान पक्का गरेको हो । स्पेनको जितमा रोड्री, फाबियन रुइज, निको विलियम्स र ड्यानी ओल्मोले १-१ गोल गरे । पछिल्लो खेलमा पोर्चुगललाई हराएको जर्जियाले सुरुवाती अग्रता लिएपछि […]

July 1, 2024

स्लोभाकियामाथि पुनरागमन जित दर्ता गर्दै इङ्ल्यान्ड क्वाटरफाइनलमा

एजेन्सी – उपाधि दावेदार इङ्ल्यान्ड स्लोभाकियालाई हराउँदै युरो कप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । गेल्सेनकर्चेनमा भएको प्रिक्वाटरफाइनल खेलमा इङ्ल्यान्डले अतिरिक्त समयमा पुनरागमन गरेर स्लोभाकियालाई २-१ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो । इभान स्क्रान्जले २५औं मिनेटमा स्लोभाकियाका लागि सुरुवाती गोल गरेका थिए । डेविड स्ट्रेलेकको सुन्दर थ्रु-पासलाई नियन्त्रणमा लिँदै स्क्रान्जले प्रतियोगिताको […]

June 30, 2024

चितवन लिगमा एष्ट्रल र सौराहाको बराबरी

सुशिल पन्त क्षेत्री, चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा आइतबार एष्ट्रल युथ सोसाइटी र सौराहा युवा समाजले बराबरी खेलेका छन् । भरतपुर ७ कृष्णपुर मैदानमा भएको समूह ए को खेलमा १-१ को बराबरी गर्दै दुबै टिमले अंक बाँडेका हुन् । खेलमा एष्ट्रलका लागि जुनित घिसिङ र सौराहाका लागि सञ्जय चौधरीले गोल गरे […]

Success

Thank you for your time.