default_image

2 years ago

October 10, 2022

यू१५ महिला साफ- नेपालको पहिलो खेल भुटानसँग

220 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा अर्काे महिना हुने यू१५ महिला साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ ।

दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) ले बंगलादेशको ढाकामा कात्तिक १५ देदि २५ गते सम्म हुने महिला यू१५ साफ च्याम्पियनसिपको सोमबार खेल तालिका सार्वजनिक गरेको हो ।

डबल राउन्ड रोविन लिगका आधारमा हुने च्याम्पियनसिपमा नेपालसहित आयोजक बंगलादेश र भुटानको मात्रै सहभागिता रहेको छ । खेल तालिका अनुसार नेपालले पहिलो खेलमा भुटानसँग कात्तिक १७ गते खेल्नेछ ।

त्यसपछि नेपालले कात्तिक १९ गते आयोजक बंगलादेशसँग खेल्नेछ । त्यनेपालले त्यसपछि फेरि कात्तिक २३ गते भुटान र कात्तिक २५ गते बंगलादेशसँग खेल्ने तालिका छ । खेलहरु बंगलादेशको ढाकास्थित बिएसएसएसएमके स्टेडियममा हुनेछ ।

डबल राउण्ड रोबिन लिगपछि शीर्ष टोलीले उपाधि जित्नेछ । च्याम्पियनसिपका लागि नेपालले प्रशिक्षण सुरु गरिसकेको छ । बन्द प्रशिक्षणमा हाल ३० खेलाडी छन् । मुख्य प्रशिक्षकमा भगवती राना मगर, सहायक प्रशिक्षकमा मंगल महर्जन र गोलकिपर प्रशिक्षकमा छन्नुराम चौधरी छन् ।

बन्द प्रशिक्षणमा रहेका टोली

गोलरक्षक – राधिका ओली, सुजाता तामाङ, सानीमाया स्याङ्तान र रुपा धिमाल

डिफेन्डर – दीपा धिमाल, सन्जी थिङ, अन्जना पुन मगर, विपना स्नेही, रेणु लिम्बु, अनिषा विक, अमिता भुल, प्रेरणा डोल्मा लामा र सीता रोकाया

मिडफिल्डर – रेविका नेपाली, सिवांगी स्नेही, मनिषा सेन, सुशिला केसी, सिमरन राई, दिलमाया घिसिङ, यसोधा बोहरा, पुनम चेम्जोङ, निर्मला आचार्य, सविता मन्डल, भुमिका बुढाथोकी र भावना परियार

फरवार्ड – समिक्षा मगर, दीपा रोकाया, वर्षा ओली, सेनु परियार र सुक्रिया मिया

December 18, 2024

जुनियरले जिते फिफा द वेस्ट अवार्ड

एजेन्सी – फिफा द वेस्ट अवार्ड यो वर्ष भिनिसियस जुनियर र आइताना बोनमतीले जितेका छन् । विश्व फुटबल महासंघ (फिफा)ले प्रदान गर्ने अर्वाड कतारमा मंगलबार राति आयोजना भएको थियो।ब्राजिल तथा स्पेनिस क्लब रियल म्याड्रिडका भिनिसियसलाई पुरुषतर्फ र स्पेन तथा बार्सिलोनाकी बोनमतीलाई महिलातर्फ उत्कृष्ट वर्ष फूटबलर २०२४ घोषित भएका हुन्। मिडफिल्डर बोनमतीले लगातार दोस्रो वर्ष फिफा […]

December 17, 2024

राष्ट्रिय जागृति झापा कपको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड गोलरक्षक निरज चौधरी नायक बन्दा इटहरीको राष्ट्रिय जागृति क्लब झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा भारतको जिटिए दार्जिलिङलाई ४-२ ले हराउँदै जागृति अघिल्लो चरणमा प्रवेश गरेको हो । टाइब्रेकरमा जागृतिका प्रवेश दनुवार, सविन घिमिरे, योगेन्द्र कार्की र विदेशी खेलाडी नाम्दी इबोसीले गोल गरे भने निशान लिम्बुको प्रहार बारमा […]

December 17, 2024

फाल्गुनन्द गोल्डकप- उद्घाटन खेल आयोजक‌ र करसाङबीच हुने

दिपक बोहोरा,पाँचथर पाँचथर सदरमुकाम फिदिममा शनिवार सुरु हुने ११ औं फाल्गुनन्द गोल्डकपको खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक फिदिम स्पोर्टिङ क्लबले सामाजिक सञ्जाल मार्फत गोल्डकपको खेलतालिका सार्वजिक गरेका हुन् । उद्घाटन खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लबले पाहुना टोली करसाङ एफसी भारतसँग प्रतिस्पर्धा गर्नेछ ।मच्छिन्द्र एफसी र झापा ११ फुटबल क्लबबीच पुस ७ गते दोस्रो […]

Success

Thank you for your time.