8 years ago
December 23, 2016
सातौं राष्ट्रिय खेलकुद
विराटनगर (हाम्रो खेलकुद)– धरान स्थित एन्फा टेक्निकल सेन्टरमा भएको सातौ राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष फुटबलमा समुह ‘ख’को खेलमा एपिएफले मध्य पश्चिमाञ्चललाई ८-० ले हराएको छ । सशस्त्र प्रहरी बलको जितमा युवराज खड्काले ४ गोल गरे ।
सशस्त्र प्रहरी बल (एपिएफ)कालागी रञ्जन बिस्टले १० मिनेटमा पहिलो गोल गर्दै अग्रता दिलाएका थिए । १२ मिनेटमा चेतन थारुको आत्मघाती गोलमा एपिएफले अग्रता दोब्बर गर्यो । त्यस्तै श्याम नेपाली र राजेन्द्र रावलले पहिलो हाल्फमा गोल गर्दै सशस्त्र प्रहरी बललाई पहिलो हालमा ४-० को बलियो स्थितिमा पुर्याए ।
दोस्रो हाल्फमा एपिएफले थप ४ गोल गर्यो , एपिएफका लागी ४ गोल युवराज खड्काले गरे । ५३ मिनेटमा पहिलो गोल गरेका युवराजले ७९ र ८९ मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रीक पुरा गरे भने इन्जुरी समयमा थप गोल गर्दै एपिएफको ८-० को जित सुनिस्चिन गरे ।
February 22, 2025
एजेन्सी – आर्सनलले प्रिमियर लिगको शीर्षस्थानको लिभरपुलसँगको अंक अन्तर घटाउने मौका गुमाएको छ । वेस्ट ह्यामसँग शनिवार १-० ले पराजित भएपछि आर्सनलले लिभरपुलसँगको अन्तर घटाउन सकेन। वेस्ट ह्याले एमेरेट्स स्टेडियममा जितका ४ खेलको पराजित यात्रालाई रोकेको छ। ४४ औं मिनेटमा जारोड बोवेनले गरेको गोलमा वेस्ट ह्यामले जित निकाल्यो । बोवेनको प्रिमियर लिगमा त्यो ५० गोल […]
February 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- झन्डै दुई वर्षदेखि सहिद स्मारक ए डिभिजन लिग गर्न नसकेका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्वको आलोचना हुने गरेको छ। एन्फाले गरेको पछिल्लो ए डिभिजन लिग यता नेपाल सुपर लिग (एनएसएल) लगातार दोस्रो पटक आयोजना गर्ने तयारी जोडतोडले चलिरहेको छ। आंशिक रुपमा घरेलु फुटबलमा आशाको सन्चार गर्न सफल एनएसएलको तेस्रो […]
February 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल ) को तेस्रो संस्करणका लागि शनिवार भएको मिनी अक्सनमा ८ खेलाडी सर्वाधिक ४ लाख रुपैयाँमा विक्री भएका छन्। चितवन एफसीले अभिषेक लिम्बु र सुमित श्रेष्ठ, धनगढी एफसीले पासाङ लामा, झापा एफसी आशीष गुरूङ, काठमाडौं रेजर्सले दिनेश हेन्जन र जिलेस्पी जङ्ग कार्की , ललितपुर सिटी एफसीले मणि कुमार लामा […]