default_image

2 years ago

October 9, 2022

पूर्व खेलाडीदेखि खेल पदाधिकारी चुनावी मैदानमा

174 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– पूर्व खेलाडी र खेल पदाधिकारी गरि एक दर्जन मंसिर ४ गते हुने संघिय र प्रदेश सभा सदस्य निर्वाचनमा मैदानमा उत्रेका छन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष समेत रहेका संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्री जीवनराम श्रेष्ठदेखि पूर्व अन्तर्राष्ट्रिय भलिबल खेलाडी रमेश खरेल संघिय सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाल स्की संघको अध्यक्ष समेत रहेका श्रेष्ठ दुई पटक राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव बनिसकेका छन् । नेकपा समाजवादीका श्रेष्ठ पाँच दलिय गठबन्धनबाट काठमाडौं क्षेत्र नं ८ मा उम्मेदवारी दिएका हुन् । उनी यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

पूर्व फुटबल खेलाडी तथा एन्फाका पूर्व अध्यक्ष कमल थापा मकवानपुर क्षेत्र नं १ बाट उम्मेदवार बनेका छन् । नेपाल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष समेत रहेका पूर्व उपप्रधान मन्त्री नेकपा एमालेको सूर्य चिन्ह लिएर मैदानमा उत्रेका छन् ।

एनओसीका पूर्व अध्यक्ष तथा नेपाल जिम्याष्टिक संघका अध्यक्ष ध्रुबबहादुर प्रधान नवलपरासी पश्चिम क्षेत्र नं २ बाट राप्रपाको प्रत्यासी छन् । प्रधान नेपाल प्रहरीका पूर्व महानिरिक्षक हुन् । प्रहरीका पूर्व डिआइजी खरेल नेपाल सुशासन पार्टीबाट काठमाडौं क्षेत्र नं १ बाट चुनावी मैदानमा रहेका छन् । कराते प्रशिक्षक तथा नेपाल गणतान्त्रिक खेलकुद महासंघका संस्थापक अध्यक्ष ध्रुव विक्रम मल्ल राप्रपाबाट काठमाडौं ७ को निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् । केहि वर्ष अघि राप्रपामा प्रवेश गरेका मल्ल पार्टीको खेलकुद विभाग प्रमुख हुन् ।

लुम्बिनी प्रदेशमा ३ खेलकर्मी मैदानमा

पूर्व खेलाडी तथा खेलकर्मी गरि आधा दर्जन भन्दा बढी प्रदेश सभाको निर्वाचनमा होमिएका छन् । यसअघि पनि प्रदेश सांसद रहिसकेका ओलम्पियन सुरेन्द्र हमाल र दीपक कोइरालालाई यसपटक पनि सम्बन्धित पार्टीले प्रतिस्पर्धामा उतारेको छ । नेपाली कांग्रेसले राखेपका पूर्व कोषाध्यक्ष समेत रहेका हमाल बाँके २ कबाट र नेकपा माओवादीले नेपाल क्रिकेट संघ (क्यान) का पूर्व कार्यवहाक अध्यक्ष दीपक कोइराला कास्की १ कबाट उम्मेदवार बनाएको छ । हमाल प्रदेश सरकारका मन्त्री हन् ।

राखेपका पूर्व कोषाध्यक्ष मीनकृष्ण महर्जनलाई कांग्रेसले ललितपुर क्षेत्र १ खको उम्मेदवार बनाएको छ । करातेका पूर्व अन्तर्राष्ट्रिय खेलाडी समेत रहेका महर्जन यसअघि पनि सोही प्रदेशबाट प्रत्यासी थिए । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दीर्घबहादुर केसी (कुमार) लाई कांग्रेसले रुपन्देही क्षेत्र नं २ कबाट उठाएको छ । पटक पटक रुपन्देही जिल्ला फुटबल संघको अध्यक्ष रहिसकेका केसी एनओसीका सदस्य हुन् ।

नेपाल भलिबल संघका उपाध्यक्ष भीम ओली एमालेबाट बाँके ३ खबाट प्रत्यासी बनेका छन् । उनी लुम्बिनी खेलकुद विकास परिषद्का पूर्व सदस्य सचिव तथा तत्कालिन मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष हुन् । उनकै समयमा २०७६ मा लुम्बिनी प्रदेशमा आठौं राष्ट्रिय खेलकुद आयोजना भएको थियो ।

राखेपका कर्मचारी समेत रहेका प्रकाश बरालाई कांग्रेसले कार्की क्षेत्र नं ३ खबाट मैदानमा उतारेको छ । बराल टाइगर कप भलिबल प्रतियोगिताको आयोजक टाइगर ग्रुप पोखरा नेपालका महासचिव हुन् । तेक्वान्दो प्रशिक्षक अशोक खड्काले काठमाडौं क्षेत्र नं २ खबाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनी नेपाल तेक्वान्दो संघको काठमाडौं जिल्ला अध्यक्ष समेत हुन् ।

संघिय सांसदका खेलकर्मी उम्मेदवार

-जीवनराम श्रेष्ठ, नेकपा समाजवादी (काठमाडौं क्षेत्र नं ८)

-कमल थापा, राप्रपा नेपाल (मकवानपुर क्षेत्र नं १)

-ध्रुबबहादुर प्रधान, राप्रपा (नवलपारी पश्चिम क्षेत्र नं २)

-रमेश खरेल, नेपाल सुशासन पार्टी ( काठमाडौं क्षेत्र नं १)

-ध्रुबविक्रम मल्ल, राप्रपा (काठमाडौं क्षेत्र नं ७)

प्रदेश सांसदका खेलकर्मी उम्मेदवार

-सुरेन्द्र हमाल, नेपाली कांग्रेस (बाँके क्षेत्र नं २,क)

-दीर्घबहादुर केसी (कुमार), नेपाली कांग्रेस ( रुपन्देही, क्षेत्र नं २,क )

-मीनकृष्ण महर्जन, नेपाली कांग्रेस (ललिपुतर १,ख)

-भीम ओली, नेकपा एमाले ( बाँके क्षेत्र नं ३ ख)

-प्रकाश बराल, नेपाल कांग्रेस ( कास्की क्षेत्र नं ३,ख)

-दीपक कोइराला, नेकपा माओवादी (कास्की क्षेत्र नं १, क)

-अशोक खड्का, स्वतन्त्र (काठमाडौं क्षेत्र नं २,ख)

यो पनि : खेलकुद मन्त्री गहतराज बाँके १ बाट उम्मेदवार

March 13, 2025

डर्टमण्ड च्याम्पियन्स लिगको‌ क्वाटरफाइनलमा

एजेन्सी – बोरुसिया डर्टमण्ड लिलविरुद्ध पुनरागमन जित निकाल्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको । फ्रान्सेली टोली लिलले पाँचौं मिनेटमै अग्रता लिएको थियो । जब जोनाथन डेभिडले पहिलो टचमा ग्रेगर कोबेलको खुट्टाबीचबाट बललाई जाली चुमाए। त्यो गोलले लिललाई समग्रमा २-१ को अग्रता दिलायो, किनकि पहिलो लेग जर्मनीमा १-१ को बराबरीमा सकिएको थियो। तर, धेरै अवसर सिर्जना […]

March 13, 2025

काठमाडौं डिसीसी कप हुने

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं जिल्ला समन्वय समितिको आयोजनामा चैतको पहिलो साता काठमाडौं जिल्ला अन्तरपालिका फुटबल प्रतियोगिता ‘डिसीसी कप’ हुने भएको छ। हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा चैत २ देखि ९ गतेसम्म प्रतियोगितामा काठमाडौं जिल्लाका ११ वटा पालिकाको सहभागिता रहने बुधवार आयोजित पत्रकार सम्मेलनमा जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकीले जनाएका छन्। पहिलो पटक हुन लागेको […]

March 12, 2025

थ्री स्टार  विराट गोल्डकप च्याम्पियन

विराटनगर (हाम्रो खेलकुद)- थ्री स्टार क्बलले नवौं  रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको सहिद रंगशालामा बुधवार राति भएको फाइनलमा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २-० ले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो । जारी सिजनमा थ्री स्टारको‌ यो पहिलो उपाधि हो । टोलीले २४ औं आहा!रारा पोखरा […]

Success

Thank you for your time.