default_image

2 years ago

October 9, 2022

एसियन कप छनोटमा नेपालको पहिलो गोल

184 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भियतनाममा जारी एएफसी यू–१७ एसियन कप छनोटमा नेपालले पहिलो गोल गरेको छ । नेपाल र चाइनिज ताइपेबीच जारी खेलमा १–१ को बराबरी भएको छ । नेपालका लागि कप्तान प्रशान्त लक्षमले बराबरी गोल फर्काएका थिए । रिबाउन्डमा प्राप्त बलमा उनले गोल गरेका थिए ।

तेस्रो खेलमा नेपालको यो पहिलो गोल हो । त्यसअघि तेस्रो मिनेटमा लिन हाइ चिङको गोलमा चाइनिज ताइपेले अग्रता लिएको थियो । यसअघि नेपाल पहिलो खेलमा थाइल्यान्डसँग ३–० र आयोजक भियतनामसँग ५–० ले पराजित भएको थियो ।

समूह ‘एफ’को छनोट चरणबाटै बाहिरि सकेका नेपाल र चाइनिज ताइपेबीचको यो खेललाई प्रतिष्ठाको लडाईका रुपमा हेरिएको छ। भियतनाम र थाइल्यान्डबीच समूह विजेताका लागि प्रतिस्पर्धा हुनेछ ।

भियतनामसँगको खेलमा भन्दा मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले २ खेलाडी परिवर्तन गरेका थिए। डिफेन्डर आश्विन घोरासैनीको स्थानमा विक्रम तामांङ मैदानमा छन् । युनेश बुढाथोकीलाई बेन्चमा राख्दै प्रशिक्षक श्रेष्ठले सरोज दर्लामीलाई मौका दिएका हुन् ।

नेपालको सुरुवाती – ११

गोल रक्षकः क्रिशल मोक्तान
डिफेन्सः सिमान्त थापा, बिक्रम तामांङ, दिपक थापा मगर र निशान्त तामाङ
मिडफिल्डः प्रशान्त लक्क्षम (कप्तान), सरोज दर्लामी, लछु थापा, निरज कार्की र हरिश राज भट्ट
फरवार्डः सुवाश बम

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.