8 years ago
December 23, 2016
दिपेन्द्र पोखरेल – दुहबी (हाम्रो खेलकुद) – सुनसरीको दुहबीमा जारी सातौ राष्ट्रिय खेलकुद अन्तर्गतको महिला फुटबलको दोस्रो सेमिफाइनलमा सशस्त्र प्रहरी बल(एपिएफ)ले आर्मिलाई ३-० ले हराउदै फाइनल प्रवेश गरेको छ । शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बलले नेपाल पुलिस क्लबको सामना गर्नेछ ।
खेलको सुरुवातमा आफ्नो पकड जमाउन सफल एपिएफले १८ मिनेटमा रेखा पौडेलको गोलमा अग्रता लियो । अनिता केसिले २७ मिनेटमा गोल गर्दै रातो जर्सिमा उत्रीएको सशस्त्र प्रहरी बलको अग्रता दोब्बर गरिन ।
पहिलो हाल्फमा दुइ गोलको अग्रता लिएको एपिएफले दोस्रो हाल्फमा ‘वुमेन अफ दि म्याच’ रञ्जना दर्जिको गोलमा ३-० को जित सुनिस्चिन गर्यो ।
April 1, 2025
सुनिल गाउँले,सिमरा जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको १५ औं संस्करणबाराको सिमरा रंगशालामा यसै साता सुरु हुने भएको छ । आयोजक नव–जनजागृति युवा क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी गराएको छ । आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाका अनुसार फ्लड लाईटमा हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना […]
April 1, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अघिल्ला दुवै संस्करणको उपविजेता धनगढी एफसीले तेस्रो संस्करणको नेपाल सुपर लिगमा विजयी सुरूवात गरेको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढीले बुटवल लुम्बिनी एफसीलाई ४-१ ले पराजित गर्यो । धनगढीको जितमा अहमद हिजाजीले दुई गोल तथा कृतिश रत्न छुन्जु र सर्जियो बार्बोजाले १-१ गोल गरे । धनगढीले इन्ज्युरी समयमा २ गोल […]
April 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो एनसेल नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्बिनी एफसी र धनगढी एफसीबीचको खेल जारी छ। पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको छ। दशरथ रंगशालामा जारी खेलको छैटौं मिनेटमा नै धनगढीले अग्रता बनायो। जर्ज प्रिन्स कार्कीको फ्लिक हेडरमा अहमद हिजाजीको एक्रोबेटिक सट गोलमा परिणत भयो। यो गोलमा लुम्बिनीका डिफेन्डर विमल पाण्डे र […]