default_image

2 years ago

October 9, 2022

रियल म्याड्रिड शीर्षस्थानमा उक्लियो

135 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनालाई पछि पार्दै रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ ।शनिबार राति गेटाफेमाथि १–० को झिनो जित निकालेपछि रियलले बार्सिलोनालाई पछि पार्दै एक सातापछि शीर्षस्थानमा फर्किएको हो ।

रियललाई महत्वपुर्ण जित दिलाउन पहिलो हाफमा ब्राजिली डिफेन्डर इडर मिलिसाओले गरेको गोल नै निर्णायक बन्यो । उनले तेस्रो मिनेटमा लुका मोड्रिचको पासमा गोल गर्न सफल भएका थिए ।

कोलिसिअम अलफन्सो पेरेज गेटाफेमा शुक्रबार राति भएको खेलमा रियलले घरेलु टोलीविरुद्ध बल पोसेसन राख्दै दवाव बढाएपनि थप गोल गर्न नसक्दा पहिलो हाफमा मिलिसाओले गरेको गोल नै निर्णायक बन्यो । ५७औं मिनेटमा रोड्रिगोले गोल गरेपनि भिएआरमा अफसाइड ठहरिदा गोलले मान्यता पाएन ।

यस जितसँगै रियल ८ खेलबाट २२ अंक जोडेर शीर्षथानमा उक्लिएको छ । एक खेल कम खेलेको बार्सिलोनाको १९ अंक छ । पराजित गेटाफे ७ अंक जोडेर १६औं स्थानमा रहेको छ ।

अन्य नतिजा

अल्मेरियाविरुद्ध रायो भालेकानो (–१), एट्लेटिको मड्रिडविरुद्ध जिरोना (–१) र सेभियाविरुद्ध एथलेटिको बिल्वाओ (१–१)

July 1, 2024

स्पेन फराकिलो जितसँगै क्वाटरफाइनलमा

एजेन्सी – जर्जियाविरुद्ध पुनरागमन जित दर्ता गर्दै स्पेनले युरोपेली च्याम्पियनसिप २०२४ को क्वाटरफाइनलमा स्थान बनाएको छ । जर्मनीको कोल्नमा भएको खेलमा स्पेनले ४-१ को जित निकाल्दै अर्को चरणमा स्थान पक्का गरेको हो । स्पेनको जितमा रोड्री, फाबियन रुइज, निको विलियम्स र ड्यानी ओल्मोले १-१ गोल गरे । पछिल्लो खेलमा पोर्चुगललाई हराएको जर्जियाले सुरुवाती अग्रता लिएपछि […]

July 1, 2024

स्लोभाकियामाथि पुनरागमन जित दर्ता गर्दै इङ्ल्यान्ड क्वाटरफाइनलमा

एजेन्सी – उपाधि दावेदार इङ्ल्यान्ड स्लोभाकियालाई हराउँदै युरो कप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । गेल्सेनकर्चेनमा भएको प्रिक्वाटरफाइनल खेलमा इङ्ल्यान्डले अतिरिक्त समयमा पुनरागमन गरेर स्लोभाकियालाई २-१ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो । इभान स्क्रान्जले २५औं मिनेटमा स्लोभाकियाका लागि सुरुवाती गोल गरेका थिए । डेविड स्ट्रेलेकको सुन्दर थ्रु-पासलाई नियन्त्रणमा लिँदै स्क्रान्जले प्रतियोगिताको […]

June 30, 2024

चितवन लिगमा एष्ट्रल र सौराहाको बराबरी

सुशिल पन्त क्षेत्री, चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा आइतबार एष्ट्रल युथ सोसाइटी र सौराहा युवा समाजले बराबरी खेलेका छन् । भरतपुर ७ कृष्णपुर मैदानमा भएको समूह ए को खेलमा १-१ को बराबरी गर्दै दुबै टिमले अंक बाँडेका हुन् । खेलमा एष्ट्रलका लागि जुनित घिसिङ र सौराहाका लागि सञ्जय चौधरीले गोल गरे […]

Success

Thank you for your time.