2 years ago
October 8, 2022
काठमाडौं (हाम्रो खेलकुदं– अखिल नेपाल फुटबल संघ (एन्फा) मा नयाँ विवादले प्रवेश पाएको छ । एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङले एसियाली फुटबल महासंघ (एएफसी) को सदस्यमा विना छलफल उम्मेदवारी दिएका कारण नयाँ विवाद सुरु भएको हो ।
कार्यसमितिमा छलफल नै नगरि उम्मेदवारी दर्ता गरेको भन्दै एन्फाका पदाधिारी र सदस्य गरि दुई तिहाईले आफ्नै अध्यक्षको उम्मेदवारी खारेजीका लागि एएफसीलाई शुक्रबार पत्राचार गरेको छ । ३ उपाध्यक्ष र ११ सदस्यले एएफसीलाई पठाएको पत्रमा हस्ताक्षर गरेको बताइएको छ । यसकारण नेम्वाङ फेरि अल्पमतमा परेका छन् । २१ सदस्यीय कार्यसमितिमा १४ सदस्यले उनको खारेजीको माग गरेका छन् ।
अर्को वर्ष २६ सदस्यीय एएफसी कार्यसमितिका लागि निर्वाचन हुनेछ । ९ खुला सदस्यका लागि हुने निर्वाचनमा नेम्वाङसहित १४ जनाको उम्मेदवारी परेको एएफसीले असोज १८ गते जनाएको थियो। सन् २०२३ को फेब्रअरी १ र २ मा बहराइनको मानामा हुने एएफसीको ३३ औं कंग्रेसले एएफसी कार्यसमितको चयन गर्नेछ ।
एन्फा अध्यक्षले एएफसीको सदस्यमा उम्मेदवारी दिएको भन्ने खबर सञ्चारमाध्यमबाट पाएका छौं, एन्फा उपाध्यक्ष विराटजंग शाहीले भने, यो प्रक्रियाको हामीविरुद्धमा छौं । एन्फा कार्यसमितिमा छलफल विनानै उम्मेदवारी दिनु गलत हो । हिजो छलफल गरेर हामीले खारेजीका लागि पत्र लेख्ने निर्णय गरेका हौं । काठमाडौं बाहिरि रहेका अन्य सदस्यको पनि यसमा समर्थन छ । भौतिक रुपमा उपस्थित भने हुन सक्नु भएन ।
शाहीसहित अर्का दुई उपाध्यक्ष दीर्घबहादुर केसी (कुमार), दीपक खतिवडा, सदस्यहरु विकास नारायण श्रेष्ठ, मनीष जोशी, रविन्द्र चन्द, सरिला श्रेष्ठ, रुपेश अधिकारी, भरत बहादुर थापा,टिकाराम लामा, मनिराज विष्ट,रमेश ब्यन्जनकर, पुरुषोत्तम थापा, महेन्द्र क्षेत्रीले पत्रमा हस्ताक्षर गरेका छन् । पत्रमा हस्ताक्षर गर्नेमा नेम्बाङ प्यानल र निर्वतमान अध्यक्ष कर्मा छिरिङ शर्मा प्यानलबाट निर्वाचित हुने समान ७ जना छन् ।
असार ६ गते भएको एन्फा निर्वाचनमा उपाध्यक्ष केसी, सदस्य जोशी, थापा, लामा, विष्ट, व्यन्जनकार छिरिङ प्यानलबाट निर्वाचित भएका थिए । असोज १२ गते विशेष साधारण सभाबाट सदस्य निर्वाचित अधिकारी छिरिङ प्यानलका हुन् । बाँकी नेम्वाङ प्यानलबाट निर्वाचित भएका थिए। यसअघि केन्द्रिय समितिबाट आफैले गरेको निर्णयका विरुद्धमा १२ जनाले तत्कालिन अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख नवीन पाँडेको बर्खास्तको माग गरेका थिए । साउन २६ गतेको बैठकले पाँडेलाई जिम्मेवारी फरेको भन्दै अध्यक्ष नेम्वाङको सल्लाहकार मनोनयन गरेको थियो ।
असोज १० गते भएको केन्द्रिय समितिको बैठक र असोज १२ गते भएको विशेष साधारण सभामा पनि नेम्वाङको उम्मेदवारीको विषयमा छलफल भएको थिएन । ‘विधि र विधानमा एन्फा चल्नुपर्छ भन्दै साधारण सभाबाट विजयी हुनुभएको अध्यक्ष ज्यूलाई आफ्नो उम्मेदवारीका विषयमा कार्यसमितिमा छलफल गर्न पनि आवश्यक नलाग्ने रहेछ,’ एन्फाका नव निर्वाचित सदस्य रुपेश अधिकारीले भने, ‘विधि स्थापित गर्नका लागि हामीले सामूहिक प्रयास गरेका हौं ।’
१४ जनाले नेम्वाङको उम्मेदवारी खारेज गर्दै केन्द्रिय समितिबाट उम्मेदवार र मताधिकार प्राप्त प्रतिनिधिको नाम छनोटका लागि समय दिन पनि एएफसीलाई माग गरेको छ । एएफसीकै विधान विपरित नेम्वाङको उम्मेदवारी परेको उनीहरुको दाबी छ । केन्द्रिय समितिको निर्णयका आधारमा उम्मेदवारी छनोट हुने पर्ने एफसीको विधानमा रहेको पत्रमा उल्लेख गरिएको छ ।
एएफसीलाई पठाएको पत्र एन्फामा आइतबार दर्ता गर्ने तयारी भइरहेको पनि एक सदस्यले जानकारी दिए । कार्यसमिति चयन भएको सय दिन हालै पूरा गरेको एन्फा कार्यसमिति पटक पटक आन्तरिक विवाद पर्दै आएको छ ।
December 19, 2024
एजेन्सी – रियल म्याड्रिडले फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि जितेको छ। स्पेनिस टोलीले रियलले म्याक्सिन क्लब पचुकालाई ३-० ले हराउँदै उपाधि जितेको हो। कतारको लुसिया रंगशालामा भएको खेलमा केलियन एम्बाप्पे, रोड्रिगो र भिनिसियस जुनियरले गोल गरेका थिए। दुई वर्ष अघि विश्वकप फाइनलमा एमबाप्पेले ह्याट्रिक गरेकै मैदानमा रियलका लागि पहिलो गोल गरे। उनले ३७ औं मिनेटमा पोस्टको […]
December 18, 2024
हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]
December 18, 2024
एजेन्सी – फिफा द वेस्ट अवार्ड यो वर्ष भिनिसियस जुनियर र आइताना बोनमतीले जितेका छन् । विश्व फुटबल महासंघ (फिफा)ले प्रदान गर्ने अर्वाड कतारमा मंगलबार राति आयोजना भएको थियो।ब्राजिल तथा स्पेनिस क्लब रियल म्याड्रिडका भिनिसियसलाई पुरुषतर्फ र स्पेन तथा बार्सिलोनाकी बोनमतीलाई महिलातर्फ उत्कृष्ट वर्ष फूटबलर २०२४ घोषित भएका हुन्। मिडफिल्डर बोनमतीले लगातार दोस्रो वर्ष फिफा […]