2 years ago
October 7, 2022
काठमाडौं (हाम्रो खेलकुद)– भियतनाममा जारी एएफसी यू १७ एसियन कप छनोटमा आफ्नो दोस्रो खेलमा नेपालको प्रदर्शन खराब भएको छ । भियतनामविरुद्ध शुक्रबार जारी पहिलो हाफमा नेपाल ४–० ले पछाडि परेको छ ।
सातौं मिनेटमा कप्तान एनगुएन कोङओङको गोलमा अग्रता लिएका थिए । पेनाल्टी बक्सको ठिक बाहिरबाट उनले गरेको प्रहार गोलमा परिणत भएको थियो । १२ औं मिनेटमा भियतनामले दोस्रो गोल गरेको थियो । भि डि थुओङको फ्रिकिकमा बुइ होआङ सनले हेडमार्फत गोल गरेका थिए ।
भि थिनले १६ औं मिनेटमा गोल गरेपछि भियतनामले ३–० को अग्रता बनाएका थिए । लि डिङ लोङ भुले २९ औं मिनेटमा गोल गरेका थिए । हरिशराज भट्टले ३७ औं मिनेट गरेको गोलकिपरलाई विपक्षी गोलकिपरले रोकेका थिए । पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ३–० ले पराजित भएको थियो । भियतनामले भने पहिलो खेलमा चाइनिज ताइपेलाई ४–० ले हराएको थियो ।
December 19, 2024
एजेन्सी – रियल म्याड्रिडले फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि जितेको छ। स्पेनिस टोलीले रियलले म्याक्सिन क्लब पचुकालाई ३-० ले हराउँदै उपाधि जितेको हो। कतारको लुसिया रंगशालामा भएको खेलमा केलियन एम्बाप्पे, रोड्रिगो र भिनिसियस जुनियरले गोल गरेका थिए। दुई वर्ष अघि विश्वकप फाइनलमा एमबाप्पेले ह्याट्रिक गरेकै मैदानमा रियलका लागि पहिलो गोल गरे। उनले ३७ औं मिनेटमा पोस्टको […]
December 18, 2024
हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]
December 18, 2024
एजेन्सी – फिफा द वेस्ट अवार्ड यो वर्ष भिनिसियस जुनियर र आइताना बोनमतीले जितेका छन् । विश्व फुटबल महासंघ (फिफा)ले प्रदान गर्ने अर्वाड कतारमा मंगलबार राति आयोजना भएको थियो।ब्राजिल तथा स्पेनिस क्लब रियल म्याड्रिडका भिनिसियसलाई पुरुषतर्फ र स्पेन तथा बार्सिलोनाकी बोनमतीलाई महिलातर्फ उत्कृष्ट वर्ष फूटबलर २०२४ घोषित भएका हुन्। मिडफिल्डर बोनमतीले लगातार दोस्रो वर्ष फिफा […]