default_image

2 years ago

October 4, 2022

‘कुनैपनि खेल सजिलो हुनेछैन’ – प्रशिक्षक श्रेष्ठ

124 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले समूहका सबै टिमको स्तर उस्तै रहेको बताएपनि कुनैपनि खेल सजिलो नहुने बताएका छन् ।

‘यो समूहका सबै टिमको स्तर उस्तै छ जस्तो लाग्छ । हामी सबै विपक्षी टिमलाई सम्मान गछौं । कुनै पनि खेल सजिलो हुनेछैन । यद्यपि हाम्रो लक्ष्य अधिकतम अंक बटुलेर छनोट हुने हो । थाइल्यान्डसँगको पहिलो खेलमा हाम्रो लक्ष्य जित नै हुनेछ ।’ खेल अघिको प्रिम्याच पत्रकार सम्मेलनमा प्रशिक्षक श्रेष्ठले भने ।

नेपाली टिमका कप्तान प्रशान्त लक्षमले आफूहरु कठोर मेहनत गर्ने उद्देश्यले भियतनाम आइपुगेको प्रतिक्रिया दिए । ‘सबै खेलमा शतप्रतिशत मेहनत गर्नेछौं । सबै खेलमा संमयता अपनाउनेछौँ,’ लक्षमले भने ।

थाइल्यान्डका मुख्य प्रशिक्षक पिपोब अनमोले समूहका सबै टिम बलिया रहेको भएको र उनीहरुको सामना गर्न आफूहरु पूर्णरुपमा तयार रहेको बताए । ‘हाम्रो तयारी राम्रो छ । नेपालको सामना गर्न हामी तयार छौं । नेपाल सजिलो विपक्षी होइन । नेपाली खेलाडीहरु प्राविधिक रुपमा कुशल छन्,’ अनमोले भने ।

भियतनामका मुख्य प्रशिक्षक कुओक टुआनले समूहका चारै टिम एसियन कपमा छनोट हुन सक्षम रहेको बताए । ‘सबै टिम समूह विजेता बन्ने दौडमा छन् । कुनै पनि टिम छनोट हुन सक्छन् । एउटा मात्र टिमलाई दाबेदार मान्न मिल्दैन ।

यसकारण हामी कुनै पनि टिमलाई कमजोर आक्ने पक्षमा छैनौं । तीन वटै टिमसँग मेहनत गरेर खेल्नुपर्छ । हामीलाई घरेलु समर्थकको समर्थन हुनेछ । त्यसले हामीलाई अवश्य पनि उत्साहित बनाउनेछ ।’ टुआनले भने ।

चाइनिज ताइपेइका मुख्य प्रशिक्षक साई वेन यीले समूह कठिन भए पनि सकारात्मक नतिजा निकाल्न आफूहरु आत्मविश्वासी रहेको बताए । ‘भियतनाम र थाइल्यान्ड जस्ता टिम भएको समूह स्वाभाविक रुपमा कठिन हुन्छ । तर हामी सबै खेलमा मेहनत गर्न र आफ्नो पक्षमा नतिजा निकालन आत्मविश्वासी छौं ।’ वेन यीले भने ।

एएफसी यू(१९ एसियन कप छनोटको पहिलो खेलमा नेपालले भोलि बुधबार थाइल्याण्डको सामना गर्दैछ। भियतनामको फु थो स्टेडियममा नेपालले बलियो टोली थाइल्याण्डको सामना गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो २स्४५ बजे सुरु हुनेछ ।

July 6, 2024

पोर्चुगललाई टाइब्रेकरमा हराउँदै फ्रान्स सेमिफाइनलमा

एजेन्सी – टाइब्रेकरमा पोर्चुगललाई पराजित गर्दै फ्रान्सले युरोपेली च्याम्पियनसिपको सेमिफाइनलमा स्थान पक्का गरेको छ । जर्मनीको ह्यामबर्गमा भएको क्वाटरफाइनलमा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट गोलरहित बराबरीमा सकिँदा खेल टाइब्रेकरमा अघि बढेको थियो । टाइब्रेकरमा पोर्चुगलका जोआओ फेलिक्सको पेनाल्टी पोस्टमा लागेर फर्कंदा फ्रान्स ५-३ ले विजयी भयो । अन्य सबैले टाइब्रेकरमा गोल गरे । […]

July 6, 2024

जर्मनीलाई हराउँदै स्पेन युरोको सेमिफाइनलमा

एजेन्सी – आयोजक जर्मनीलाई अतिरिक्त समयमा पराजित गर्दै स्पेन युरो कप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । दुई उपाधि दावेदार बीचको खेलमा स्पेनले अतिरिक्त समयमा जर्मनी माथि २-१ को जित हात पारेको हो । निर्धारित ९० मिनेट १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयले निर्धारण भएको थियो । अतिरिक्त समयको पनि अन्तिम समयमा स्पेनले […]

July 5, 2024

हर्दीको पहिलो जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा आज हर्दी युवा समाजले जित हासिल गरेको छ । लिगमा पहिलो जित निकालेको हर्दीले शुक्रबार एभरेष्ट क्लबलाई ३-० ले हराएको हो । हर्दीको जितमा सन्तोष थिङले ह्याट्रिक गरे । सन्तोषले खेलको सातौं, ४५ औं र ४७ औं मिनेटमा गोल गरे । लिगमा ह्याट्रिक गर्ने […]

Success

Thank you for your time.