default_image

2 years ago

October 2, 2022

इन्डोनेसियामा फुटबलपछिको भागदौडमा १ सय २९ को ज्यान गयो

208 views

0 Bookmark

एजेन्सी – इन्डोनेसियाको लिग वान शनिबार भएको एक खेलपछि भएको भागदौडमा कम्तीमा १ सय २९ जनाको ज्यान गएको छ । जसलाई रंगशालामा भएको दुःखत विश्व घटना मध्येको एक भएको बताइएको छ ।

खेलपछि हुलदंगा गरिरहेका फुटबल समर्थकमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेपछि घटना भएको हो । पर्सिबाया सुरेबायासँग पूर्वी जाभामा भएको खेलमा अरेमा एफसी पराजित भएपछि भएको भाग दौडमा १ सय ८० समर्थक घाइते भएका छन् । पर्सिबाया ३–२ ले विजयी भएको थियो ।

खेल सकिएको अन्तिम सिठ्ठी बजेपछि समर्थक मैदानमा प्रवेश गरेको भिडियो सार्वजनिक भएका छन् । त्यसलाई नियन्त्रणमा लिन प्रहरी अश्रुग्यास प्रहार गरेको थियो । जसका कारण भागदौड मच्चिएको थियो । भाग दौडमा ३४ जनाको रंगशाला भित्रै र बाँकीको अस्पतालमा मृत्यु भएको बताइएको छ ।

‘धेरै मान्छे बाहिरिनका लागि एउटै गेटमा पुगे । त्यहाँ भिड भयो,’ पूर्वी जाभाका प्रहरी प्रमुख निको अफिन्टाले भनेका छन्,‘ जसले गर्दा अक्सिजनको अभावमा सान फेर्न कठिन हुने अवस्था बन्यो ।’ ४० हजार दर्शक क्षमता भएको रंगशालामा क्षमताभन्दा बढी मानिस रहेको जनाइएको छ ।

इन्डोनेसिया फुटबल संघले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ । लिग एक साताका लागि स्थगित गरिएको छ । संघले घटनाप्रति दुःख व्यक्त गर्दै अनुसन्धानका लागि टोली पठाएको जनाएको छ । अरेमा एफसीमाथि जारी सिजनभरलाई प्रतिबनध लगाइएको छ । यसअघि पनि इन्डोनेसियामा फुटबल खेलका दौरान समर्थकबीच हिंस्रक घटना हुने गरेका छन् ।

शनिबार घरेलु मैदानमा पराजित अरेमा १४ अंकसहित नवौं र पर्सिबाया १३ अंकसहित दसौं स्थानमा छ । नेपाली राष्ट्रिय टोलीका सदस्य रोहित चन्द पनि लिग वान खेल्छन् । उनी शुक्रबार इन्डोनेसिया पुगेका थिए । उनको क्लब पेर्सिक केडिरी ४ अंकसहित १८ क्लबको सहभागिता रहेको लिग वान अंकतालिकाको पुछारमा छ ।

रोहित आफूहरुपनि घटनापछिको परिस्थितिका बारेमा खबर कुरिरहेको र आफ्नो टोलीको प्रशिक्षकलाई भेट्न जान लागेको बताएका छन् । बंगलादेशविरुद्ध दशरथ रंगशाला असोज ११ गते मैत्रीपूर्ण खेल खेलेर रोहित इन्डोनेसिया फर्केका थिए ।

December 19, 2024

रियल म्याड्रिडले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – रियल म्याड्रिडले फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि जितेको छ। स्पेनिस टोलीले रियलले म्याक्सिन क्लब पचुकालाई ३-० ले हराउँदै उपाधि जितेको हो। कतारको लुसिया रंगशालामा भएको खेलमा केलियन एम्बाप्पे, रोड्रिगो र भिनिसियस जुनियरले गोल गरेका थिए। दुई वर्ष अघि विश्वकप फाइनलमा एमबाप्पेले ह्याट्रिक गरेकै मैदानमा रियलका लागि पहिलो गोल गरे। उनले ३७ औं‌ मिनेटमा पोस्टको […]

December 18, 2024

चर्च ब्वाइज झापा कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]

December 18, 2024

जुनियरले जिते फिफा द वेस्ट अवार्ड

एजेन्सी – फिफा द वेस्ट अवार्ड यो वर्ष भिनिसियस जुनियर र आइताना बोनमतीले जितेका छन् । विश्व फुटबल महासंघ (फिफा)ले प्रदान गर्ने अर्वाड कतारमा मंगलबार राति आयोजना भएको थियो।ब्राजिल तथा स्पेनिस क्लब रियल म्याड्रिडका भिनिसियसलाई पुरुषतर्फ र स्पेन तथा बार्सिलोनाकी बोनमतीलाई महिलातर्फ उत्कृष्ट वर्ष फूटबलर २०२४ घोषित भएका हुन्। मिडफिल्डर बोनमतीले लगातार दोस्रो वर्ष फिफा […]

Success

Thank you for your time.