default_image

2 years ago

October 2, 2022

चेल्सीको पूनरागमन जित

204 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब चेल्सीले क्रिस्टल प्यालेसमाथि पूनरागमन जित निकालेको छ । चेल्सीले क्रिस्टल प्यालेसलाई उसकै मैदानमा २–१ को पूनरागमन जित निकालेको हो ।

सेलह्रस्ट पार्क लन्डनमा चेल्सीको जितमा पिएरे इमिरिक औवामियाङ र कोनोर गल्लाघेरले गोल गरे । क्रिस्टल प्यालेसका ओडसोनी इडुआर्डले एक गोल फर्काए ।

खेलको सातौं मिनेटमा ओडसोनी इडुआर्डको गोलबाट घरेलु टोली प्यालेसले १–० को अग्रता लिएको थियो । ३८औं मिनेटमा औवामियाङले गोल गर्दै खेललाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि परिवर्तित खेलाडी कोनोर गल्लाघेरले इन्ज्युरी समयमा गोल गर्दै चेल्सीलाई महत्वपूर्ण ३ अंक दिलाए ।

७६औं मिनेटमा काई हाभर्टजको स्थानमा मैदान छिरेका गल्लाघेरले इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा क्रिस्टियन पुलिसिसको पासमा गोल गर्न सफल भएका थिए ।

यस जितसँगै चेल्सी ७ खेलबाट १३ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ । पराजित क्रिस्टल प्यालेस ६ अंक जोडेर १७औं स्थानमा रहेको छ ।

प्रिमियर लिगकै अर्काे खेलमा न्यूक्यासलले फुलहमलाई ४–१ ले पराजित गर्दा बर्नमाउथ र ब्रेन्टफर्डले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । यस्तै एभर्टनले साउथह्याम्टनलाई २–१ ले तथा वेस्ट ह्यामले वल्भ्सलाई २–० ले पराजित गरेको छ ।

September 8, 2024

बार्सिलोनाको अधिकारिक समर्थक क्लब नेपालमा

काठमाडौं (हाम्रो खेलकुद) – बार्सिलोना फ्यान क्लब नेपाल (बार्सा नेपाल ) का रूपमा परिचित क्याटलान क्लब एफसी बार्सिलोनाको समर्थक समूहले एफसी बार्सिलोनाको आधिकारिक पेन्या (समर्थक क्लब) को मान्यता प्राप्त गरेको छ । पेन्या बार्सा दी एभरेस्टको नयाँ नाममा क्लबले आधिकारिकता प्राप्त गरेको हो । शनिबार एक कार्यक्रममाझ समर्थक क्लबले आफ्नो दर्ता पूरा भएको उपलक्ष्यमा भेटघाट कार्यक्रमको […]

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

Success

Thank you for your time.