default_image

2 years ago

October 1, 2022

शीर्षस्थानको आर्सनलको सानदार जित

232 views

0 Bookmark

एजेन्सी – शीर्षस्थानमा रहेको आर्सनलले इंग्लिस प्रिमियर लिगमा सानदार जित दर्ता गरेको छ । आर्सनलले घरेलु मैदानमा १० खेलाडीमा समेटिएको टोटेनहम हटस्परमाथि ३–१ को सानदार जित निकालेको हो ।

इमिरेट्स स्टेडियममा आर्सनलको जितमा थोमस पार्टे, गाब्रियल जेसस र ग्रानिट झाँकाले गोल गरे । टोटेनहमका ह्यारी केनले एक गोल फर्काए ।

इमिरेट्स स्टेडियम लन्डनमा शनिबार राति भएको खेलको २०औं मिनेटमा थोमस पार्टेको गोलबाट आर्सनलले सुरुवाती अग्रता लिन सफल भएको थियो । उनले बेन ह्वाइटको पासमा गोल गर्न सफल भएका थिए ।

३१औं मिनेटमा ह्यारी केनले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ४९औं मिनेटमा गाब्रियल जेससले गोल गर्दै आर्सनललाई २–१ को अग्रता दिलाए ।

६२औं मिनेटमा टोटेनहम १० खेलाडीमा समेटिन पुग्यो । इमर्सन रोयल सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि टोटेनहम समस्यामा पर्यो । त्यसपछि ६७औं मिनेटमा ग्रानिट झाँकाले गाब्रियल मार्टिनेलीको पासमा गोल गर्दै आर्सनललाई सानदार जित दिलाए ।

यस जितसँगै शीर्षस्थानमा रहेको आर्सनलको ८ खेलबाट २१ अंक पुगेको छ । एक खेल कम खेलेको दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको १७ अंक छ । आर्सनलसँगको हारसँगै टोटेनहमले शीर्षस्थानमा उक्लने मौका गुमाएको छ ।

February 6, 2025

रियल कोपा डेल रेको सेमिफाइनलमा, गार्सियाको निर्णायक गोल

एजेन्सी – गोन्जालो गार्सियाले इन्ज्युरी समय निर्णायक गोल गरेपछि रियल म्याड्रिड कोपा डेल रेको सेमिफाइनल पुगेको छ। लेगानेसलाई बुधवार दोस्रो क्वाटरफाइनलमा ३-२ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो। गार्सियाअघि रियलका लागि लुका मोड्रिच, एन्ड्रिकले गोल गरे । लेगानेसका लागि दुवै गोल हुवाँ कुजले गरे । घरेलुु मैदानमा २-० ले पछि परेको अवस्थाबाट लेगानेसले २-२ […]

February 5, 2025

नव ज्योति च्यालेन्ज कप – न्यु स्टार सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा सुनसरीको न्यु स्टार एफसी विजयी भएको छ । आज भएको खेलमा भारतको सिलिगुडी युनाइटेडमाथि जित दर्ता गर्दै न्यु स्टार सेमिफाइनलमा प्रवेश गरेको हो । सिलिगुडीलाई १- ० ले हराउँदै न्यु स्टार अन्तिम चारमा पुगेको हो। न्यु स्टारका लागि खेलको इन्ज्युरी समयमा […]

February 5, 2025

पुष्पसदन र ग्रिन भिलेजको जित

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा बुधवार कीर्तिपुरको पुष्पसदन बोर्डिङ स्कुल र कीर्तिपुरकै ग्रिन भिलेज एजुकेशन फाउण्डेशन विजयी भएका छन्। पहिलो खेलमा पुष्पसदनले नक्सालको राई स्कुललाई ५-१ ले हराएको थियो। पुष्पसदनका विशाल कुवँर र हिक्मत योगीले समान २ र बुद्ध लिम्बुले १ गोल गरे। विजयी टोलीका विशाल कुवँर प्लेयर […]

Success

Thank you for your time.