2 years ago
September 29, 2022
धनगढी (हाम्रो खेलकुद) – गण्डकी प्रदेशलाई हराउँदै लुम्बिनी प्रदेश कैलालीको धनगढीमा जारी सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।
धनगढी रंगशालामा बिहीबार भएको सेमिफाईनलमा गण्डकीलाई ४–३ ले हराउँदै लुम्बिनी उपाधि नजिक पुगेको हो । लुम्बिनी प्रदेशले उपाधिका लागि कर्णाली प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ । कर्णाली यसअघि नै फाईनल पुगिसकेको छ । उपाधि भिडन्त शनिबार हुनेछ ।
पिएफए स्पोर्ट्स क्लब अत्तरियाको आयोजनामा भईरहेको प्रतियोगिता असोज १५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले नगद ५ लाख, सहित ट्रफी मेडल र प्रमाणपत्र पाउनेछन भने उप विजेताले नगद ३ लाख सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगीतामा विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुले जनही १० हजार नगद पाउँदा उत्कृष्ट खेलाडीले नगद २० हजार प्राप्त गर्नेछ ।
December 18, 2024
एजेन्सी – फिफा द वेस्ट अवार्ड यो वर्ष भिनिसियस जुनियर र आइताना बोनमतीले जितेका छन् । विश्व फुटबल महासंघ (फिफा)ले प्रदान गर्ने अर्वाड कतारमा मंगलबार राति आयोजना भएको थियो।ब्राजिल तथा स्पेनिस क्लब रियल म्याड्रिडका भिनिसियसलाई पुरुषतर्फ र स्पेन तथा बार्सिलोनाकी बोनमतीलाई महिलातर्फ उत्कृष्ट वर्ष फूटबलर २०२४ घोषित भएका हुन्। मिडफिल्डर बोनमतीले लगातार दोस्रो वर्ष फिफा […]
December 17, 2024
हिमाल खरेल,बिर्तामोड गोलरक्षक निरज चौधरी नायक बन्दा इटहरीको राष्ट्रिय जागृति क्लब झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा भारतको जिटिए दार्जिलिङलाई ४-२ ले हराउँदै जागृति अघिल्लो चरणमा प्रवेश गरेको हो । टाइब्रेकरमा जागृतिका प्रवेश दनुवार, सविन घिमिरे, योगेन्द्र कार्की र विदेशी खेलाडी नाम्दी इबोसीले गोल गरे भने निशान लिम्बुको प्रहार बारमा […]
December 17, 2024
दिपक बोहोरा,पाँचथर पाँचथर सदरमुकाम फिदिममा शनिवार सुरु हुने ११ औं फाल्गुनन्द गोल्डकपको खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक फिदिम स्पोर्टिङ क्लबले सामाजिक सञ्जाल मार्फत गोल्डकपको खेलतालिका सार्वजिक गरेका हुन् । उद्घाटन खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लबले पाहुना टोली करसाङ एफसी भारतसँग प्रतिस्पर्धा गर्नेछ ।मच्छिन्द्र एफसी र झापा ११ फुटबल क्लबबीच पुस ७ गते दोस्रो […]