2 years ago
September 29, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी यू१७ एसियन कप २०२३ को छनोटको लागि नेपालको युवा टोलीको घोषणा गरेको छ ।
युवा टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले भियतनाममा हुने छनोटका लागि बिहीबार २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् ।
प्रशिक्षक श्रेष्ठले श्रीलंकामा भएको साफ च्याम्पियनसिपपछि १६ सेप्टेम्वरदेखि ३० खेलाडीलाई समेटेर पुनः प्रशिक्षण थालेको थियो । यू१७ साफमा समूह चरणमा भारतलाई ३–१ ले पराजित गरेपनि फाइनलमा भारतसँग ४–० ले पराजित हुँदै उपाधिविहीन बनेको थियो ।
प्रशिक्षक श्रेष्ठले घोषणा गरेको टोलीमा साफमा रहेका दुई खेलाडी बाहिरिदा दुई नयाँ खेलाडी भित्रिएका छन् । प्रितम कार्की र मिराक लिङ्देन बाहिरिदा राम थापा र श्रीयन्स मानन्धरले मौका पाएका छन् ।
नेपाली युवा टोली आइतबार त्यसतर्फ प्रस्थान गर्दैछ । भियतनाममा हुने छनोटमा नेपाल समूह ‘एफ’ मा रहेको छ । नेपाल रहेको समूहमा घरेलु टिम भियतनामसँगै थाइल्यान्ड र चाइनिज ताइपेई रहेका छन् । नेपालले पहिलो खेल अक्टोबर ५ मा थाइल्यान्ड, ७ मा भियतनाम र ९ मा चाइनिज ताइपेईको सामना गर्नेछ ।
नेपाली यू १७ टोली
गोलकिपर – समिर चन्द, रुबिन बोगटी र कृशल मोक्तान
डिफेन्डर – मदन पौडेल, युनिश मगर, दिपक थापा मगर, निशान्त तामाङ, विक्रम तामाङ, सिमन्त थापा, अश्विन घोरासैनी, धिरज विश्वकर्मा र राम थापा
मिडफिल्डर – मिडफिल्डर – हरिशराज भट्ट, प्रशान्त लक्षम, विनोद केसी, श्रीयन्स मानन्धर, निरज कार्की, सरोज दर्लामी, युनेश बुढाथोकी, लच्छु थापा र धनसिंह विक
फरवार्ड –सिजल राई र सुवास बम
December 19, 2024
एजेन्सी – आर्सनल, न्युकासल युनाइटेड र लिभरपुलले इङ्ग्लिस लिग कपको सेमिफाइनलमा स्थान पक्का गरेका छन् । बुधवार भएको खेलमा आ-आफ्नो खेल जित्तै तिन टोलीले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । गेब्रियल जिससको ह्याट्रिकको सहयोगमा आर्सनलले क्रिस्टल प्यालेसलाई ३–२ ले पराजित गर्यो । घरेलु मैदानमा भएको खेलमा आर्सनलको जितमा जिससले ५४औं, ७३औं र ८१औं मिनेटमा गोल […]
December 19, 2024
एजेन्सी – रियल म्याड्रिडले फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि जितेको छ। स्पेनिस टोलीले रियलले म्याक्सिन क्लब पचुकालाई ३-० ले हराउँदै उपाधि जितेको हो। कतारको लुसिया रंगशालामा भएको खेलमा केलियन एम्बाप्पे, रोड्रिगो र भिनिसियस जुनियरले गोल गरेका थिए। दुई वर्ष अघि विश्वकप फाइनलमा एमबाप्पेले ह्याट्रिक गरेकै मैदानमा रियलका लागि पहिलो गोल गरे। उनले ३७ औं मिनेटमा पोस्टको […]
December 18, 2024
हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]