9 years ago
September 17, 2015
काठमाडौं, भाद्र ३१ ।
आज सतदोबाटो स्तिथ एन्फा कम्प्लेक्समा भएको पुलिस र आर्मी बिरुद्धको राष्ट्रिय लिगको खेलमा नेपाल आर्मी ३-० ले बिजयी भएको छ । बिजयी टोलिका लागि तीनै गोल नवयुग श्रेष्ठले गरेका थिए ।
लिगको मह्त्वपुर्ण विभागिय डर्वि भिडन्तमा आर्मीका नवयुग श्रेष्ठ चम्किएपछि नेपाल पुलिस क्लब ३–० ले स्तब्ध भएको छ । विहिबार भएको खेलमा आर्मीका लागि सबै ३ गोल नवयुग श्रेष्ठका नाममा रह्यो । जितपछि आर्मी ८ खेलबाट १४ अंकका साथ लिग अंक तालीकाको तेस्रो स्थानमा उक्लीयो । सुरुवातबाटनै आक्रामक खेल खेलेको आर्मीका लागि नवयुग श्रेष्ठले १५ औं मिनेटमा हिरन्य श्रेष्ठको क्रशलाई उत्कृष्ट हेड गर्दै सुरुवाती अग्रता दिलाए । त्यसअघिनै चौंथो मिनेटमानै टंक बस्नेतको राम्रो क्रशलाई श्रेष्ठले क्रशबार भन्दा केहि माथी बाट उडाएपछि पहिलो मौकाबाट आर्मी चुकेको थियो । यद्धपि पुलिस विरुद्ध पुरा समय खेल आफ्नो नियन्त्रणमा राखेको आर्मीले १५ मिनेट भित्र ३ वटा गोलको राम्रा मौकामा एक मौका सदुपयोग गरेको थियो । १० औं मिनेटमा भरत खवासले सुन्दर मौका सदुपयोग गर्न नसकेपनि आर्मीले सिनियर खेलाडि विना मैदान उत्रिएको पुलिस विरुद्ध आफ्नो दबदबा कायमै राख्यो ।
तुलनात्मक रुपमा पहिलो भन्दा दोस्रो हाफमा कम प्रेसरमा परेपनि पुलिसविरुद्ध आर्मी थप दुई गोल गर्न सफल रह्यो । नवयुग श्रेष्ठले आर्मीका लागि ६५ औं मिनेटमा ब्यक्तिगत तथा टिमका लागि दोस्रो गोल गरे । उनले भरत खवासकोपासलाई सदुपयोग गरेका थिए ।
निर्धारित समय २–० ले अग्रता हासिल गरेको आर्मीले तेस्रो गोल अक्तिरिक्त समयमा संभव बनायो । श्रेष्ठले अक्तिरिक्त समयमा काउन्टर याट्याकमा आफ्नो ह्याट्रिक पुरा गर्दै आर्मीलाई ३–० को जित दिलाए ।
खेलपछि आर्मीका प्रशिक्षक मेघराज केसीले पुलिसका खेलाडिको इन्जुरिको फाइदा उठाउन आर्मी सफल भएको बताए । उनले भने ‘आर्मी र पुलिस विचको खेल संधै प्रतिष्पर्धात्मक रहन्छ । तर बिहिबारको खेलमा हामिले केहि सहज महसुस गर्यौं ।’
पुलिसका प्रशिक्षक विराटकृष्ण श्रेष्ठले भने आर्मीले मौकाको फाइदा उठाएको बताए । उनले भने ‘हाम्रा खेलाडि इन्जर्ड हुंदाको परिणमा हो यो ।’
February 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- गोलकिपर दीप कार्कीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण बुटवल लुम्बिनी एफसीबाट खेल्ने भएका छन्। नेपाली राष्ट्रिय फुटबल टोलीका दीप शनिवार भएको अक्सनको पहिलो चरणमा अनसोल्ड भएका थिए।बुटवलले विस लिस्टबाट दीपलाई खरिद गरेको छ। क्याटगरी ‘ए’ मा रहेका दीपको लागि पहिलो चरणमा कुनै पनि टिमले फ्लयाग उठाएनन्। क्याटगरी ‘ए’ बाट तीन […]
February 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल ) को तेस्रो संस्करणका लागि जारी अक्सनमा नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर दीप कार्की र विशाल सुनार अनसोल्ड भएका छन्। क्याटगरी ‘ए’ मा रहेका दीप र विशालको लागि कुनै पनि टिमले फ्लयाग उठाएनन्। दीपले गत संस्करण वीरगञ्ज एफसीको कप्तानको जिम्मेवारी निभाएका थिए। तर यो पटक अनसोल्ड भए । […]
February 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि जारी अक्सनमा नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर भरत खवास अनसोल्ड भएका छन्। क्याटगरी ‘ए’ मा रहेका भरतको लागि कुनै पनि टोलीले फ्लयाग उठाएनन् । ए क्याटगरीको बेस प्राइस २ लाख रुपैयाँ छ । उनले यसअघि स्पोर्टिङ इलाम डि मेची एफसीबाट खेलेका थिए। अक्सनमा क्याटगरी […]