2 years ago
September 29, 2022
काठमाडौं (हाम्रो खेलकुद)– उपाधि जित्ने लक्ष्यसहित बागमती प्रदेशले नवौं राष्ट्रिय खेलकुदका लागि बलियो टोली तयार पारिरहेको छ । आफ्ना प्रदेशमा रहेका नेपाली राष्ट्रिय तथा उमेर समूहबाट खेलिसकेका खेलाडी समेट्दै बागमतीले प्रशिक्षण गरिरहेको छ ।
अन्जन विष्टसहित राष्ट्रिय फुटबल टोली विशाल श्रेष्ठ, तेज तामाङ, एरिक विष्ट, सुरजज्यू ठकुरीलगायत सिनियर र जुनियर खेलाडी समेटेर बागमतीले टोली तयार पारेको छ । समकालिनमा सफल प्रशिक्षक बालगोपाल महर्जन मुख्य तथा मृगेन्द्र मिश्र र राष्ट्रिय टोलीका पूर्व कप्तान राकेश श्रेष्ठ प्रशिक्षक रहेको टोलीले बागमतीको टोलीलाई प्रशिक्षण दिइरहेको छ ।
राष्ट्रिय टोलीका पूर्व कप्तान विराज महर्जनसहित विक्रम लामा, सुनिल बल, अभिषेक रिजाल, गौतम श्रेष्ठ, राजेश परियारसहितका खेलाडी बागमतीको टोलीमा रहेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को फुटबल सिजन सुरु भइनसकेका कारण पनि खेलाडीहरुले सम्बन्धित प्रदेशबाट खेल्ने मौका पाएका छन् । बंगलादेशविरुद्ध मंगलबारको मैत्रीपूर्ण खेलमा ह्याट्रिक गरेका अन्जनले दोस्रो पटक राष्ट्रिय खेलकुद खेल्दैछन् । उनले यसअघि सातौं राष्ट्रिय खेलकुद एपिएफबाट खेलेका थिए । उनले एपिएफलाई च्याम्पियन बनाउन फाइनलमा गोल गरेका थिए ।
सिनियर खेलाडी विक्रम लामा पहिलो पटक राष्ट्रिय खेलकुद खेल्ने तयारीमा छन् । ढाडको समस्याका कारण गत वर्ष ए डिभिजन लिगको बीचबाटै खेल्न छाडेका विक्रम पूनरागमनलाई लिएर उत्साहित छन् । ‘अहिले ठिक पनि भए । फुटबल सिजन पनि अहिले छैन । आफ्नो प्रदेशले सहभागि हुने राष्ट्रिय खेलकुदमा भाग लिने प्रस्ताव आएपछि यो मौकालाई सदुपयोग गरेका हौं,’ उनले भने,‘ एउटा नयाँ अनुभवका लागि पनि हामी सबै खेल्ने सोचाईमा पुगेका हौं ।’
नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जित्ने आफ्ना खेलाडीलाई बागमती प्रदेश खेलकुद विकास बोर्डले दसौं राष्ट्रिय खेलकुद अघि सम्म मासिक ६ हजार रुपैयाँ भत्ता उपलब्ध गराउने निर्णयले पनि खेलाडीलाईहरुर्लाइ उत्साहित बनाएको छ । ‘त्यो पनि आकर्षणको एउटा कारण पक्कै हो,’ विक्रमले भने,‘ यो राम्रो सुरुवात हो । यसले आफ्नो प्रदेशबाट पनि खेल्नुपर्छ भन्नका लागि मोटिभेट पक्कै गर्छ नै ।’
उमेर समूहदेखि राष्ट्रिय टोली, ए डिभिजन देखि एनएसएल टोली सम्मको जिम्मेवारी सम्हालिसहेका प्रशिक्षक महर्जनले दोस्रो पटक प्रदेशको टोलीको जिम्मेवारी सम्हालेका छन् । ‘प्रदेश खेलकुदका सदस्य सचिव सूर्य भण्डारीलेले राम्रो टोली लिएर उपाधि जित्ने लक्ष्य राखेर तयारी गर्ने भन्दै प्रस्ताव गरेपछि मैले स्वीकार गरेको हु,’ उनले भने,‘आफ्नो प्रदेशले सहभागिता जनाउँदा त्यसको हिस्सा हुनु खुसीको विषय हो ।’
यद्दपी प्रदेश टोलीले फुटबलको व्यवसायिकतालाई आत्मसात गर्न भने समय लाग्ने महर्जनले अनुमान गरे । ‘व्यवस्थापन गर्न सहज छैन । प्रदेशलाई पनि त्यसमा कठिनाई पक्कै छ,’ उनले भने,‘ यसबाट विस्तारै सिक्दै जानुपर्छ । प्रदेशले पनि फुटबलमा बलियो टोली बनाउने पहल थाल्नु सकारात्मक पक्ष हो ।’
अहिले प्रशिक्षणमा २३ खेलाडी रहेको र २० सदस्यीय अन्तिम टोलीको छनोट गरिने महर्जनले जानकारी दिए । ए डिभजनमा समेत रहेका तीन विभाग सेना, प्रहरी र शसस्त्र प्रहरी बलको टोलीले पनि राष्ट्रिय खेलकुदमा भाग लिनेछन् । फुटबलसहित ३६ खेल समावेश नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गते सम्म गण्डकी प्रदेशमा आयोजना हुँदैछ । ७ प्रदेश, ३ विभाग र एनआरएनएको गरि ११ टोलीले राष्ट्रिय खेलकुदमा भाग लिनेछन् ।
बागमती प्रदेशको फुटबल टोली
गोलकिपर – विशाल श्रेष्ठ (सिन्धुपाल्चोक), पुजन होना (भक्तपुर), इश्वर गुरुङ (धादिङ)
रक्षक – विराज महर्जन (काठमाडौं), अषिम भुसाल (ललितपुर), अमित तामाङ (ललितपुर), सरोज दहाल (भक्तपुर), गौतम श्रेष्ठ (सिन्धुपाल्चोक), सुरज ज्यू ठकुरी (काभ्रे), विक्रम लामा (काभ्रे), अमृत श्रेष्ठ (चितवन), बसन्त तामाङ (ललितपुर),
मिडफिल्ड – तेज तामाङ (काभ्रे), सुनिल बल (मकवानपुर), राजिव लोप्चन (काठमाडौं), एरिक विष्ट (काठमाडौं), क्रितिषरत्न छन्जु (भक्तपुर),रोहित गिरी (ललितपुर)
फरवार्ड – अन्जन विष्ट (मकवानपुर), राजेश परियार (चितवन), अभिषेक रिजाल (नुवाकोट), सरेश कुमाल (चितवन),
निकेश कार्की रोहित गिरी
March 22, 2025
सुशील पन्त क्षेत्री, चितवन एपिएफ एससीले चितवनमा राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । भरतपुरको कृष्णपुरको मैदानमा भएको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४-२ ले हराउँदै एपिएफ च्याम्पियन बनेको हो । निर्धारित ८० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरमा भएको थियो। प्रतिस्पर्धात्मक खेलमा एपिएफले उत्कृष्ट पुनरागमन जित निकाल्यो । खेलमा […]
March 22, 2025
सुमन अधिकारी, बुटवल बुटवलमा २३ औं तिलोत्तमा गोल्ड कप नकआउट फुटबल प्रतियोगितामा शनिवार सुरु भएको छ । उद्घाटन खेलको पहिलो हाफमा आयोजक करेन्ट रुपन्देही ११ विरुद्ध एपिएफ एफसीले १- ० गोलको अग्रता लिएको थियो । प्रतिस्प्रर्धात्मक खेलको १७ औ मिनेटमा हरि कार्कीले गोल गर्दै एपिएफलाई अग्रता दिलाएका हुन् । दोस्रो हाफ सुरु भएसको केहि समयमा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अन्नपूर्ण आरसिटीको साधारण सभाले अध्यक्ष राजेश श्रेष्ठसहित पदाधिकारीलाई निर्विरोध निर्वाचित गरेको छ। सहिद स्मारक लिग ‘ए’ डिभिजनको छ पल्टको विजेता अन्नपूर्ण आरसिटीको शनिवार नयाँ कार्यसमितिका लागि भएको चुनावी साधारण सभाले उपाध्यक्षमा कुमार राजभण्डारी र नरेन्द्रबहादुर श्रेष्ठलाई निर्वाचित गरेको छ। त्यस्तै सचिवमा रजेन्द्रप्रसाद श्रेष्ठ, सहसचिवमा अशोक मानन्धर तथा कोषाध्यक्षमा नरेश बैद्य निर्विरोध चयन […]