2 years ago
September 28, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका कप्तान र गोलरक्षक किरण चेम्जोङ व्यवासायिक जिम्मेवारी निर्वाह गर्न बुधबार नै भारत फर्केका छन् । बंगलादेशविरुद्ध मंगलबार भएको मैत्रीपूर्ण खेलका लागि किरण आइतबार स्वदेश आएका थिए । उनको कप्तानीमा नेपालले बंगलादेशलाई ३–१ ले हराएको थियो ।
अन्जनले बंगलादेशविरुद्ध ह्याट्रिक गरेका थिए । त्यो नतिजासँगै नेपाल बंगलादेशविरुद्ध लगातार अपराजित खेलसंख्या पाँच पुर्याएको छ । किरण पुरुष राष्ट्रिय फुटबल टोलीबाट सर्वाधिक क्याप जित्ने खेलाडी हुन् । मंगलबारको उनको ८३ औं खेल हो । किरण भारतीय (आइ) लिग क्लब राउन्ड ग्लास पन्जाबमा गत साता मात्र औपचारिक रुपमा आबद्ध भएका थिए । यद्दपी पन्जाब एफसीले आफ्नो क्लबमा नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ मा आबद्ध औपचारिक रुपमा जानकारी गत साता मात्र दिएको थियो ।
किरण माल्दिभ्सको लिग च्याम्पियन टोली माजिया स्पोर्टस एन्ड रिक्रिएसन सेन्टरबाट किरण भारतीय क्लबमा आबद्ध भएका थिए । किरण भदौ ५ गते माजियाबाट पन्जाबमा सरुवा भएका थिए । त्यसैकारण माजियाले भदौ ५ गते एएफए कप जित्दा किरण टोली बाहिर रहेका थिए । त्यसअघि माजियालई दिवेही प्रिमियर लिग उपाधि जिताउन किरणको भूमिका महत्वपूर्ण रहेको थियो । उनी लिगको उत्कृष्ट गोलकिरपर समेत चुनिएका थिए ।
किरण तेस्रो पटक पन्जाबमा आबद्ध भएका हुन् । किरण पहिलो पटक सन् २०१७ /१८ को सिजनमा पन्जाबमा आबद्ध भएका थिए । त्यो सिजन पन्जाब लिग च्याम्पियन बनेको थियो । त्यसयता उनी भारत र माल्दिभ्सका क्लबहरुमा आबद्ध हुँदै आएका छन् । २०१८ माल्दिम्सको टिसी स्पोर्टस्लाई लिग च्याम्पियन बनाएका किरण उत्कृष्ट गोलकिपर समेत बनेका थिए ।
सन् २०१९ /२० को सिजनमा पुनः पन्जाबमा आबद्ध भएका किरण टोली आइ लिगमा तेस्रो हुँदा पनि उत्कृष्ट गोलकिपर चुनिएका थिए । गत वैशाखमा स्वदेशमा नेपाल सुपर लिगमा धनगढीबाट खेल्दै उत्कृष्ट गोलकिपर चुनिएका किरण यो पटक फेरि माल्दिभ्सको लिगमा माजियाबाट च्याम्पियन बनेका छन् । गत महिना राष्ट्रिय खेलकुद परिषद्को स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा किरण उत्कृष्ट खेलाडीबाट सम्मानित भएका थिए ।
March 11, 2025
दिपक बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]
March 11, 2025
हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]