2 years ago
September 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको लागि नेपालको सुरुवाती ११ सार्वजनिक भएको छ ।
नेपाली टोलीका कार्यवहाक मुख्य प्रशिक्षक प्रदिप हुमागाईंको गोलरक्षक तथा कप्तान किरण चेम्जोङको कप्तानीमा नेपालको सुरुवाती ११ घोषणा गरेका हुन् ।
नेपालको पोस्ट किरणले सम्हाल्दा डिफेन्समा रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी र सुमन अर्याल रहेका छन् । मिडफिल्डमा तेज तामाङ, सेसेहाङ आङ्देम्वे, विशाल राई र सुजल श्रेष्ठ तथा फरवार्डमा विमल घर्तीमगर र अन्जन विष्ट रहेका छन् ।
नेपाल र बंगलादेशबीच हालसम्म २६ पटक भेट हुदा बंगलादेश १४ खेलमा विजयी भएको छ । नेपाल ७ खेलमा विजयी हुँदा ५ खेल बराबरीमा सकिएको छ । पछिल्लो चार खेलमा अपराजित नेपाल सोही अपराजित लयलाई निरन्तरता दिँदै मैदान उत्रने लक्ष्यमा हुनेछ ।
नेपालले पछिल्लोपटक गत वर्ष माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको थियो । त्यसअघि नेपालमै भएको थ्री नेसन्स कपमा बंगलादेशलाई २–१ ले हराएर उपाधि जितेको थियो ।
थ्री नेसन्स कपकै लिग चरणमा गोलरहित बराबरी र त्यो भन्दा अघि बंगलादेशमा भएको पहिलो मैत्रीपूर्ण खेल २–० ले गुमाएको नेपालले त्यसपछि गोलरहित बराबरी खेलेको थियो ।
February 10, 2025
पोखरा (हाम्रो खेलकुद)- खेलको अन्त्यतिर राज भुषालको निर्णायक गोलमा चर्च ब्वाईज युनाइटेड पोखरामा जारी २४ औं आहा! रारा पोखरा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ। पोखरा रगंशालामा सोमवार तेस्रो क्वाटरफाइनलमा साविक विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई १-० ले हराउँदै चर्च ब्वाईजले अन्तिम चारमा स्थान पक्का गरेको हो। ८९औं नविन लामाको कर्नरमा राजले पोष्टको अगाडि हेडर […]
February 10, 2025
पोखरा (हाम्रो खेलकुद)- सहारा एकेडेमीमा रहेका तेस्रो ब्याचका ६ खेलाडीले अर्को महिना काठमाडौंमा सुरु हुने सहिद स्मारक ‘बी’ डिभिजन लिग खेल्ने भएका छन्।उनीहरुले ब्रिगेड ब्वाइज क्लब (बिबिसी) बाट’ बी’लिग खेल्ने भएका हुन्। सहारा क्लब पोखरासोमबार कार्यक्रम गर्दै बिबिसीलाई खेलाडी हस्तान्तरण गरेको हो। सहाराका अध्यक्ष बिबिसीका धन बहादुर गुरुङलाई खेलाडी हस्तान्तरण गरे। योसँगै एकेडेमीका विशाल नेपाली, […]
February 10, 2025
पोखरा (हाम्रो खेलकुद)- २४ औं आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको आज तेस्रो क्वाटरफाइनलमा साविक विजेता त्रिभुवन आर्मी फुटबल क्लबले चर्च ब्वाइज युनाइटेड सामना गर्दैछ। पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।आफ्नो पहिलो खेलमा चर्च ब्वाइजले एनआरटीलाई सडन डेथमा पराजित गर्दै क्वाटरफाइनलमा पुगेको थियो। गोलकिपर टिकेन्द्र थापाले सडन डेथमा ३ पेनाल्टी रोकेपछि चर्च ब्वाइजले […]