default_image

2 years ago

September 26, 2022

राष्ट्रिय टोलीको कप्तानी किरणले नै गर्ने

128 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोलीको कप्तानी पुनः किरण चेम्जोङले नै गर्ने भएका छन् । बंगलादेशविरुद्ध मंगलबार हुने मैत्रीपूर्ण खेल अघि सोमबारको पत्रकार सम्मेलनमा कार्यवहाक प्रशिक्षक प्रदीप हुमागाईका साथमा किरण प्रस्तुत भएका छन् ।

किरणसहित ११ सिनियर खेलाडी तत्कालिन प्रशिक्षक अब्दुल्ला अल्मुताइरीसँगको विवाद पछि टोलीमा थिएनन् । असारमा कुवेतमा भएको एएफसी एसियन कप छनोटमा अल्मुताइरीले नवयुग श्रेष्ठलाई कप्तानको जिम्मेवारी दिएका थिए । एसियन कप छनोटकै एक खेलमा पुजन उपकोरटीले कप्तानी गरेका थिए । नवयुग र पुजन दुवै बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि हुमागाईको छनोटमा पर्न सकेनन् ।

अल्मुताइरीले मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएसँग किरणसहित ११ खेलाडीलाई राष्ट्रिय टोलीमा फर्कने ढोका खुलेको छ । ती ११ मध्ये केहि खेलाडी भने विदेशिएका छन् । किरण पछिल्लोपटक दशरथ रंगशालामा भएको मरिससविरुद्धको दुई मैत्रीपूर्ण खेलमा कप्तानी गरेका थिए ।

आइ लिग टोली राउन्ड ग्लास पन्जाबमा आबद्ध किरण मैत्रीपूर्ण खेलका लागि आइतबार मात्रै भारतबाट स्वदेश फर्केका थिए । नेपाल र बंगलादेशबीचको खेल दशरथ रंगशालामा साँझ ५ः३० बजे सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

July 5, 2024

दुई उपाधि दावेदारको क्वाटरफाइनल भिडन्त

एजेन्सी – युरो २०२४ मा हालसम्म सबैभन्दा बलियो देखिएका दुई टोलीले क्वाटरफाइनलको सुरुवात गर्दैछन् । अलग जोश र घरेलु भूमिमा उपाधिका लागि तत्पर घरेलु टोली जर्मनी तथा युवा जोशले भरिपूर्ण स्पेन आज ९:४५ बजे सेमिफाइनलमा स्थान बनाउनका लागि भिड्दै छन् । जर्मनीले १९९६ यता युरो कपको उपाधि जित्न सकेको छैन । युरो जितेयता विश्वकप कै […]

July 5, 2024

इक्वेडोरलाई टाईब्रेकरमा हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

एजेन्सी – इक्वेडोरलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । गोलरक्षक इमिलियानो मार्टिनेजले पेनाल्टी सुटआउटमा दुई वटा पेनाल्टी बचाउँदै ४-२ को जित निकालेपछि शुक्रबार अर्जेन्टिना लगातार पाँचौं पटक सेमिफाइनलमा प्रवेश गरेको हो । कोपा अमेरिकामा क्वाटरफाइनल र सेमिफाइनलमा बराबरीको खण्डमा खेल सिधै पेनाल्टी सुटआउटबाट निर्धारण हुने प्रावधान छ […]

July 5, 2024

‘एमबाप्पे र रोनाल्डो’ – रियल म्याड्रिड ग्यालेक्टिकोस विगत र भविष्यको भेट

एजेन्सी – बाल्यकालमा केलियन एमबाप्पेले आफ्नो कोठाको भित्तामा क्रिस्टियानो रोनाल्डोको तस्विर राखेका थिए । फ्रान्सेली फुटबल टोलीका कप्तान समेत रहेका एमबाप्पे अहिले फुटबलको चर्चित नाम बनिसकेका छन् । उनै एमबाप्पेले आफ्नो बाल्यकालका स्टार रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल विरुद्ध युरो कप २०२४ को क्वाटरफाइनलमा खेल्दैछन् । युरो २०२४ को क्वाटरफाइनलमा फ्रान्स र पोर्चुगल आमनेसामने हुँदा रोनाल्डो […]

Success

Thank you for your time.