default_image

2 years ago

September 26, 2022

भिआइपीतर्फको टिकट मुल्य ५ हजार !

141 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल हेर्नका लागि अहिले सम्मकै महंगो टिकट दर तोकेको छ । नेपाल र बंगलादेशबीच मंगलबार हुने मैत्रीपूर्ण खेलका लागि चर्को मुल्यको टिकट विक्री गर्ने तयारी गरेको छ ।

खेल मंगलबार साँझ ५ः३० बजे सुरु हुनेछ । त्यो खेलका लागि एन्फाले भिआइपीतर्फका सिमिति सिटको प्रति टिकटको मुल्य ५ हजार सम्म तोकेको छ । एन्फाका महासचिव किरण राईले सहजै फुटबल हेर्न चाहने र फुटबललाई सहयोग गर्न चाहनेका लागि ५ हजार दरको सिमित टिकट विक्री गरिने जानकारी दिए ।

‘फुटबललाई सहयोग गर्न चाहनेको भावनाको कदर होस् र त्यस्ता व्यक्तिलाई सजिलै टिकट लिन सकियोस् भन्नका लागि यो निर्णय गरिएको हो,’ राईले भने,‘ यो एउटा प्रयोग पनि हो । ८० वटा सिट ५ हजार टिकटका लागि छुट्टाएका छौं ।’

भिआईपीतर्फ अतिथी केहि तलका सिटमा ५ हजार दरको टिकट किन्नेका लागि राख्ने व्यवस्था मिलाइने राईले बताए । यसअघि भिआइपीतर्फ एन्फाले २ हजार रुपैयाँ सम्मको टिकट विक्री गरेको थियो । मैत्रीपूर्ण खेलका लागि भिआइपीतर्फ बाँकी सिटका लागि भने १ हजार तथा साधारण तर्फ प्रति टिकट ५ सय रुपैयाँ तोकिएको एन्फाले जनाएको छ ।

२०७७ को चैतमा भएको थ्री नेसन्स कपको फाइनलमा भिआइपीतर्फ २ हजार र साधारणतर्फ १ हजार रुपैयाँको टिकट दर तोकेको थियो । थ्री नेसन्सको फाइनलमा नेपालले बंगलादेशलाई २–१ ले हराएको थियो ।

नेपाल र बंगलादेशीबीचको मंगलबार हुने खेलको टिकट विक्री सोही दिन बिहान एन्फाले नै गर्ने महासचिव राईले जानकारी दिए । ‘टिकटको विक्रीका लागि बिडिङ निकालेका थियौं । कोहि इच्छुक देखिनुभएन,’ उनले भने,‘ त्यसैले खेलको दिन बिहान रंगशाला बाहिर भौतिक रुपमै एन्फाले नै टिकट विक्री गर्नेछ।’

December 18, 2024

चर्च ब्वाइज झापा कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]

December 18, 2024

जुनियरले जिते फिफा द वेस्ट अवार्ड

एजेन्सी – फिफा द वेस्ट अवार्ड यो वर्ष भिनिसियस जुनियर र आइताना बोनमतीले जितेका छन् । विश्व फुटबल महासंघ (फिफा)ले प्रदान गर्ने अर्वाड कतारमा मंगलबार राति आयोजना भएको थियो।ब्राजिल तथा स्पेनिस क्लब रियल म्याड्रिडका भिनिसियसलाई पुरुषतर्फ र स्पेन तथा बार्सिलोनाकी बोनमतीलाई महिलातर्फ उत्कृष्ट वर्ष फूटबलर २०२४ घोषित भएका हुन्। मिडफिल्डर बोनमतीले लगातार दोस्रो वर्ष फिफा […]

December 17, 2024

राष्ट्रिय जागृति झापा कपको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड गोलरक्षक निरज चौधरी नायक बन्दा इटहरीको राष्ट्रिय जागृति क्लब झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा भारतको जिटिए दार्जिलिङलाई ४-२ ले हराउँदै जागृति अघिल्लो चरणमा प्रवेश गरेको हो । टाइब्रेकरमा जागृतिका प्रवेश दनुवार, सविन घिमिरे, योगेन्द्र कार्की र विदेशी खेलाडी नाम्दी इबोसीले गोल गरे भने निशान लिम्बुको प्रहार बारमा […]

Success

Thank you for your time.