default_image

2 years ago

September 25, 2022

व्यास कपको सेमिफाइनल समिकरण पूरा

87 views

0 Bookmark

तनहुँ (हाम्रो खेलकुद) – तनहुँको व्यास युवा क्लबको आयोजनामा जारी ‘तेस्रो संस्करणको व्यास कप’ फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।

आइतबार क्वाटरफाइनल खेलमा विजयी हुने टिमले अन्तिम चारमा स्थान पक्का गरेका हुन् । सेमिफाइनल र फाइनल खेल सोमबार हुने छ । विहान सेमिफाइनल र दिउँसो फाइनल खेल हुने छ ।

दमौलीको बीपी वन बाटिकाको मैदानमा भएको पहिलो क्वाटरफाइनलमा भुयँगाले रामथुम्कीमाथि १–० गोल अन्तरलको जीत दर्ता गर्दै सेमिफाइनलमा स्थान पक्का गर्न सफल भयो । भुयँगाका लागि नवौं मिनेटमा योगेश गुरुङले गरेको १ मात्र गोल नै निर्णायक बन्न पुग्यो ।

यस्तै अर्को खेलमा न्यू स्टार क्लब सेमिफाइनलमा स्थान पक्का गर्न सफल भयो । न्यू स्टारले टिम गणेशमाथि १–० गोल अन्तरको जीत दर्ता गरेको थियो । न्यू स्टारका लागि आठौं मिनेटमा विनोद आलेले गरेको गोल निर्णायक बन्यो ।

यस्तै तेस्रो क्वाटरफाइनलको खेलमा भ्याली युथ क्लब विजयी हुँदै सेमिफाइनलमा स्थान पक्का गर्न सफल भयो । भ्याली युथले टिम गणेशलाई १–० गोल अन्तरले पराजित गरेको हो । भ्याली युथका लागि संगम ठकुरीले ५५ औं मिनेटमा गरेको गोल निर्णायक बन्न पुग्यो ।

यस्तै व्यास युथ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै भिमाद् युथ क्लब सेमिफाइनलमा पुगेको छ । भिमादको जीतमा विनोद घिमिरेले दुवै गोल गरेका थिए । विनोदले १३ औं र ४८ औं मिनेटमा गोल गरेका थिए ।

अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक सहयोगमा जारी प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छ भने द्वितीय हुने टिमले ५५ हजार ५ सय ५५ रुपैयाँमा चित्त बुझाउने छ ।

प्रतियोगिताका विजेतालाई नगदका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष मिनबहादुर गुरुङ चरिबाबाले जानकारी दिए । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल किपर र सर्वाधिक गोल कर्ता घोषित गरी जनही ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने अध्यक्ष गुरुङले बताए ।

युवाहरुलाई फुटबल खेलतर्फ आकर्षण गर्ने र राष्ट्रिय एवं अन्तर्राष्ट्रिय फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गरिएको क्लबका अध्यक्ष गुरुङले बताए । यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, गोल रक्षक र रक्षकलाई पाँच हजार पाँच सय रुपियाँ पुरस्कार प्रदान गरिने छ ।

कूल १३ लाख रुपियाँ लगानीमा आयोजना गर्न लागिएको प्रतियोगितालाई व्यास नगरपालिका, स्थानीय सहयोगी संस्था र विदेशमा भएका क्लबका शुभचिन्तकले सहयोग गरेका छन् । नेपालीहरुको महान पर्व विजयादशमी, शुभदिपावली र छठ पर्वको अवसरमा उक्त फुटबल प्रतियोगिताको आयोजना गरिएको हो ।

December 18, 2024

चर्च ब्वाइज झापा कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]

December 18, 2024

जुनियरले जिते फिफा द वेस्ट अवार्ड

एजेन्सी – फिफा द वेस्ट अवार्ड यो वर्ष भिनिसियस जुनियर र आइताना बोनमतीले जितेका छन् । विश्व फुटबल महासंघ (फिफा)ले प्रदान गर्ने अर्वाड कतारमा मंगलबार राति आयोजना भएको थियो।ब्राजिल तथा स्पेनिस क्लब रियल म्याड्रिडका भिनिसियसलाई पुरुषतर्फ र स्पेन तथा बार्सिलोनाकी बोनमतीलाई महिलातर्फ उत्कृष्ट वर्ष फूटबलर २०२४ घोषित भएका हुन्। मिडफिल्डर बोनमतीले लगातार दोस्रो वर्ष फिफा […]

December 17, 2024

राष्ट्रिय जागृति झापा कपको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड गोलरक्षक निरज चौधरी नायक बन्दा इटहरीको राष्ट्रिय जागृति क्लब झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा भारतको जिटिए दार्जिलिङलाई ४-२ ले हराउँदै जागृति अघिल्लो चरणमा प्रवेश गरेको हो । टाइब्रेकरमा जागृतिका प्रवेश दनुवार, सविन घिमिरे, योगेन्द्र कार्की र विदेशी खेलाडी नाम्दी इबोसीले गोल गरे भने निशान लिम्बुको प्रहार बारमा […]

Success

Thank you for your time.