2 years ago
September 25, 2022
काठमाडौँ (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगको नव प्रवेशी चर्च ब्वाइज युनाइटेड र नेपाल स्पोर्टस फेलोसिपबीच सहकार्य भएको छ । सम्झौता अनुसार चर्च ब्वाइजले ललितपुरको भेल्पास्थित नेपाल स्पोर्टस फेलोसिपको मैदान लिग वा अन्य प्रतियोगिताको तयारीका लागि प्रयोग गर्न पाउनेछ ।
नेपाल स्पोट्स फेलोसिपले आफ्नो विज्ञापनको लागि चर्च ब्वाईजका खेलाडीको प्रयोग गर्न पाउने छ । चर्च ब्वाईजले आफ्नो जर्सीमा नेपाल स्पोट्स फेलोशिपको लोगो समावेश गर्ने छ र क्लबले फोटो–भिडियोहरुमा, होर्डिब बोर्डहरुमा, स्टेजहरुम फेलोशिपको लोगो समावेश गर्ने छ ।
सम्झौता पत्रमा नेपाल स्पोट्स फेलोसिपका अध्यक्ष पृथ बहादुर राई र चर्च ब्वाईज युनाईटेडका अध्यक्ष टंकलाल राईले हस्ताक्षर गरेका थिए । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यो वर्षको लिग पुस ८ गते देखि सञ्चालन गर्ने जनाएको छ । चर्च ब्वाइज गत वर्ष बी डिभिजन लिगको विजेता बन्दै ए डिभिजन लिगमा प्रवेश गरेको थियो ।
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आज पूर्व विजेता एपिएफ फुटबल क्लबले मच्छिन्द्र फुटबल क्लबको सामना गर्दैछ । पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।एपिएफ र मच्छिन्द्रबिच आहा रारामा दोस्रो पटक भेट हुन लागेको हो । यसअघि २०७८ मा पहिलो पटक भेट हुँदा एपिएफ विजयी भएको थियो। सेमिफाइनलमा भएको […]
February 5, 2025
एजेन्सी – फराकिलो अन्तरको जितेका साथ एट्लेटिको म्याड्रिड कोपा डेल रेको सेमिफाइनल पुगेको छ। सियोभानी सिम्योनी ले २ गोल गरेको खेलमा मंगलवार गेटाफेलाई ५-० ले हराउँदै एट्लेटिको अन्तिम चारमा पुगेको हो। सिम्योनीले आठौं मिनेट पहिलो र १७ औं मिनेटमा व्दोस्रो गोल गरे । ४२ औं मिनेटमा स्यामुएल लिनोले गोल गरेपछि एट्लेटिले पहिलो हाफमा नै ३-० […]
February 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा मंगलवार लोक आर्दश एकेडेमी विजयी भएको छ। लोक आर्दशले चन्द्रागिरीको न्यु होराइजन एकेडेमी १०-१ ले हराएको थियो। लोक आदर्शका तर्फबाट शिव थापाले ६ आरध्य चौधरीले २, धन बहादुर साउद र रोसन खपाङगीले समान १ गोल गरे। ६ गोल गरेका शिव प्लेयर अफ दि […]