default_image

8 years ago

December 23, 2016

पुलिस महिला फुटबल उपाधि नजिक

137 views

0 Bookmark

दीपेन्द्र पोखरेल दुहबी (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लब सुनसरीको दुहबीमा जारी सातौ राष्ट्रिय खेलकुद अन्तर्गतको महिला फुटबलको उपाधि नजिक पुगेको छ।

nepal-police-nears-womens-football-final

दुहबी रंगशालामा शुक्रबार भएको सेमिफाइनलमा मध्यमाञ्चललाई ५–० ले हराउदै पुलिसले अन्तिम दुईको यात्रा तय गरेको हो । पुलिसको जितमा निरु थापाले ह्याट्रिक गरिन् भने थप दुई गोल निर्मला उपाध्यायले गरिन् । पुलिस अब एपिएफ र त्रिभुवन आर्मी क्लबको विजेतासँग फाइनल खेल्नेछ । एपिएफ र आर्मीको खेल पनि आजै हुनेछ ।
तेस्रो मिनेटमा गोल गरेकी निरुले र निर्मलाले पाँचौं मिनेटमा गोल गरिन् । निरुले २९ औं मिनेटमा र निर्मलाले ४३ औं मिनेट फेरी गोल गरे । निरुले ५१ औं मिनेटमा अर्को गोल गर्दै ह्याट्रिक पुरा गरिन् । पुलिसकी सृजना खड्का प्लेयर अफ दी म्याच घोषित भइन् ।

April 1, 2025

जीतपुरसिमरा गोल्डकपमा यसै साता सुरु हुने

सुनिल गाउँले,सिमरा जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको १५ औं संस्करण‌बाराको सिमरा रंगशालामा यसै साता सुरु हुने भएको छ । आयोजक नव–जनजागृति युवा क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी गराएको छ । आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाका अनुसार फ्लड लाईटमा हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना […]

April 1, 2025

धनगढीको रवाफिलो सुरूवात

काठमाडौं (हाम्रो खेलकुद) – अघिल्ला दुवै संस्करणको उपविजेता धनगढी एफसीले तेस्रो संस्करणको नेपाल सुपर लिगमा विजयी सुरूवात गरेको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढीले बुटवल लुम्बिनी एफसीलाई ४-१ ले पराजित गर्यो । धनगढीको जितमा अहमद हिजाजीले दुई गोल तथा कृतिश रत्न छुन्जु र सर्जियो बार्बोजाले १-१ गोल गरे । धनगढीले इन्ज्युरी समयमा २ गोल […]

April 1, 2025

लुम्बिनी र धनगढीबीचको पहिलो हाफमा बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो एनसेल नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्बिनी एफसी र धनगढी एफसीबीचको खेल जारी छ। पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको छ। दशरथ रंगशालामा जारी खेलको छैटौं मिनेटमा नै धनगढीले अग्रता बनायो। जर्ज प्रिन्स कार्कीको फ्लिक हेडरमा अहमद हिजाजीको एक्रोबेटिक सट गोलमा परिणत भयो। यो गोलमा लुम्बिनीका डिफेन्डर विमल पाण्डे र […]

Success

Thank you for your time.