default_image

2 years ago

September 24, 2022

किरण भोली नेपाल आइपुग्ने

196 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङ भोली (आइतबार) नेपाल आइपुग्ने भएको छ । उनले आइतबार साँझ नेपाल आइपुग्ने हाम्रो खेलकुदलाई जानकारी गराए ।

उनी भारतीय आइ लिग क्लब राउन्ड ग्लास पन्जावको प्रशिक्षणमा रहेका छन् । विवाह अघि उनी केही दिन राष्ट्रिय टोलीको प्रशिक्षणमा बसेका थिए । विवाहपछि भने उनी माल्दिभ्स गएका थिए ।

‘जम्सेदपुरबाट दिल्ली आएर भोली साँझ काठमाडौं आइपुग्ने छु । यहाँ राउन्ड ग्लास पन्जावको पनि प्रशिक्षण चलिरहेको छ । खेलेको भोलीपल्टै (बुधबार) भारत जानेछु ।’ किरणले भने, ‘बंगलादेशसँगको खेलको लागि उत्साहित छु । आशा छ खेल राम्रो नै हुनेछ ।’ उनले बंगलादेश र कम्वोडियाबीचको खेल हेरेको र कम्वोडियाले खेल राम्रो खेलेपनि काउन्टर अट्याकमा गोल खाएको बताए ।

राष्ट्रिय टोलीबाट सर्वाधिक क्याप जितेका किरण गत जेठमा भएको एसियन कप छनोटमा भने टोलीमा थिएनन् । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग विवादपछि १० खेलाडीले प्रशिक्षण छाड्नु परेपछि किरणले उनीहरुलाई साथ दिने समाजिक सञ्जालमार्फत जनाएका थिए ।

त्यहि कारण उनलाई अल्मुताइरीले टोलीमा सामेल गराएका थिएनन् । त्यसपछि उनले राष्ट्रिय टोलीबाट एसियन कप छनोटको तीन खेलसँगै दुई मैत्रीपुर्ण खेल गुमाएका थिए । किरण पछिल्लोपटक नेपालमा भएको मरिससविरुद्धको दुई मैत्रीपूर्ण खेल खेलेका थिए ।

गत महिना नै भारतीय (आई) लिग टोली राउन्ड ग्लास पन्जाब एफसीमा आबद्ध भएका किरणलाई क्लबले शुक्रबार मात्रै आधिकारिक रुपमा सार्वजनिक गरेको थियो ।

नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका कार्यवहाक मुख्य प्रशिक्षक प्रदिप हुमागाईले बंगलादेशसँगको मैत्रीपूर्ण खेलको लागि चार गोलरक्षकसहित २३ सदस्यीय टोली घोषणा गरिसकेका छन् ।

March 11, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको सेमिफाइनलमा

दिपक‌ बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई‌ ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]

March 11, 2025

साफ यु १९ – नेपाल र भारत एउटै समूहमा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]

March 11, 2025

बगान युथलाई बुट्टाबारी च्यालेन्ज कपको उपाधि

हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]

Success

Thank you for your time.