default_image

2 years ago

September 23, 2022

बंगलादेश फुटबल टोली आज राती आइपुग्ने

194 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीसँगको मैत्रीपूर्ण खेलका लागि बंगलादेशको राष्ट्रिय टोली आज काठमाडौं आइपुग्दैछ । बंगलादेश टोली राती ९ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओलर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

नेपाल र बंगलादेशबीचको खेल मंगलबार साँझ दशरथ रंगशालमा हुनेछ । कम्बोडियासँगको मैत्रीपूर्ण खेलेर बंगलादेश टोली सिधै काठमाडौं आएको हो । बिहीबार भएको खेलमा बंगलादेशले कम्बोडियालाई १–० ले हराएको थियो । नेपाल र बंगलादेश झण्डै एक वर्षपछि एकअर्काको सामना गर्दैछन् ।

गत वर्ष माल्दिभ्समा भएको साफ च्याम्पियनसिपको समूह चरणको आफ्नो अन्तिम खेलमा यी दुई टोलीबीच भेट भएको थियो । त्यो खेल १–१ को बराबरी गरेपछि नेपाल साफ च्याम्पिनयसिप इतिहासमा पहिलो पटक फाइनल पुगेको थियो । बंगलादेश भने चौथो स्थानमा रहँदै च्याम्पियनसिपबाट बाहिरिएको थियो ।

त्यसअघि २०७७ को चैतमा दशरथ रंगशालामा भएको थ्री नेसन्स कपमा भाग लिन बंगलादेश नेपाल आएको थियो । कीर्तिस्तान यू २३ को सहभागिता रहेको च्याम्पिनयसिपमा नेपाल र बंगलादेशले फाइनल खेलेका थिए । फाइनलमा नेपालले बंगलादेशलाई २–१ ले हराएको थियो । त्यसअघि राउन्ड रोविनमा यी दुई टोलीले गोलरहित बराबरी खेलेका थिए ।

फाइनलमा एक गोल र विशाल राईको गोलमा एसिस्ट गरेको सन्जोक राई भने यसपटक टोली नै अटाएनन् । ४ गोलकिपर राख्दै कार्यवहाक प्रशिक्षक प्रदीप हुमागाईले बिहीबार २३ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेका थिए ।

February 5, 2025

लोक आदर्श विजयी

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा मंगलवार लोक आर्दश एकेडेमी विजयी भएको छ। लोक आर्दशले चन्द्रागिरीको न्यु होराइजन एकेडेमी १०-१ ले हराएको थियो। लोक आदर्शका तर्फबाट शिव थापाले ६ आरध्य चौधरीले २, धन बहादुर साउद र रोसन खपाङगीले समान १ गोल गरे। ६ गोल गरेका शिव प्लेयर अफ दि […]

February 4, 2025

आयोजक सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा आयोजक क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा इलामको रेर्ड हर्स एफसीमाथि १-० अन्तरको सान्त्वना जित दर्ता गर्दै आयोजक अन्तिम चारमा पक्का भएको हो । आयोजकका लागि खेलको १६ औँ मिनेटमा आयुष श्रेष्ठले गोल गरे । उनी खेलको प्लेयर अफ […]

February 4, 2025

लखन कपमा‌ आयोजकको जित

सुमन अधिकारी, बुटवल बुटवलमा लखन कप नकआउट फुटबल प्रतियोगिता २०८१ सरु भएको छ । लखन ब्रदर्श युथ क्लबको आयोजनामा मंगलवार सुरु भएको खेलमा आयोजक लखन ब्रदर्श (सेतो)ले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा लखनले चाँदनी युवा क्लबलाई ५-१ ले पराजित गर्यो। सिद्धेश्वर लाल कुमारी मावि खेलमैदान भएको खेलमा आयोजकको जितमा मिलन आले र […]

Success

Thank you for your time.