2 years ago
September 22, 2022
एजेन्सी – युइएफए नेसन्स लिग खेल्ने तयारीमा रहेको जर्मनीका दुई खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ । कप्तान तथा गोलरक्षक म्यानुअल नुयर र मिडफिल्डर लियोन गोरेट्जकालाई कोरोना पुष्टि भएको हो ।
यससँगै यि दुई खेलाडीले यसै साता हुने नेसन्स लिगका दुई खेल गुमाउने भएका छन् । जर्मनीले यसै साता हंगेरी र इंग्ल्यान्डसँग खेल्ने तालिका छ । जर्मनीले चोटकै कारण युवा स्टार मिडफिल्डर जमल मुसिएला र मार्काे रिउसलाई गुमाइसकेको छ ।
३६ वर्षीय नुयर र २७ वर्षीय लियोन जर्मन क्लब बायर्नका सहयात्रीसमेत हुन् । कोरोना भएसँगै उनीहरु फ्रान्कफुर्टमा रहेको जर्मनीको प्रशिक्षण क्याम्प छाडेर अलग्गै बसिसकेका छन् ।
नुयरको स्थानमा होफेनहेमा गोलरक्षक ओलिभर बाउम्यानलाई टोलीमा बोलाइएको छ । एक खेलाडीको नजिकको व्यक्तिलाई कोरोना भएपछि सबै खेलाडीको परिक्षण गर्दा दुई जनालाई कोरोना भएको जर्मन फुटबल एसोसिएसनले जनाएको छ । अब सबै खेलाडी र अफिसियलको दैनिक कोरोना परिक्षण हुनेछ ।
जर्मनीले शुक्रबार वेम्वलीमा इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नुअघि शुक्रबार हंगेरीसँग खेल्नेछ । नेसन्स लिग ए ग्रुप ३ मा जर्मनी ४ खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । हंगेरी ७ अंक जोडेर शीर्षस्थानमा रहेको छ । इटाली ५ अंक जोडेर तेस्रो तथा इंग्ल्यान्ड २ अंक जोडेर पुछारमा छ ।
December 18, 2024
हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]
December 18, 2024
एजेन्सी – फिफा द वेस्ट अवार्ड यो वर्ष भिनिसियस जुनियर र आइताना बोनमतीले जितेका छन् । विश्व फुटबल महासंघ (फिफा)ले प्रदान गर्ने अर्वाड कतारमा मंगलबार राति आयोजना भएको थियो।ब्राजिल तथा स्पेनिस क्लब रियल म्याड्रिडका भिनिसियसलाई पुरुषतर्फ र स्पेन तथा बार्सिलोनाकी बोनमतीलाई महिलातर्फ उत्कृष्ट वर्ष फूटबलर २०२४ घोषित भएका हुन्। मिडफिल्डर बोनमतीले लगातार दोस्रो वर्ष फिफा […]
December 17, 2024
हिमाल खरेल,बिर्तामोड गोलरक्षक निरज चौधरी नायक बन्दा इटहरीको राष्ट्रिय जागृति क्लब झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा भारतको जिटिए दार्जिलिङलाई ४-२ ले हराउँदै जागृति अघिल्लो चरणमा प्रवेश गरेको हो । टाइब्रेकरमा जागृतिका प्रवेश दनुवार, सविन घिमिरे, योगेन्द्र कार्की र विदेशी खेलाडी नाम्दी इबोसीले गोल गरे भने निशान लिम्बुको प्रहार बारमा […]