default_image

2 years ago

September 22, 2022

स्कटल्यान्डसँग युक्रेनको हार

235 views

0 Bookmark

एजेन्सी – युइएफए नेसन्स लिगमा युक्रेनले पहिलो हार बेहोरेको छ । युक्रेन घरेलु टोली स्कटल्यान्डसाग ३–० ले पराजित भएको हो ।

हाम्पडेन पार्क ग्लास्गोमा बुधबार राति भएको खेलमा घरेलु टोलीको जितमा लेन्डन डेकेसले दुई तथा जोन म्याक्जिनले एक गोल गरे । सबै तीन गोल दोस्रो हाफमा भएको थियो ।

प्रतिस्पर्धात्मक खेलको ७०औं मिनेटमा जोन म्याक्जिनले गोल गर्दै घरेलु टोली स्कटल्यान्डलाई १–० को अग्रता दिलाए । ८०औं मिनेटमा लेन्डन डेकरले रायन फ्रासेरको पासमा गोल गर्दै स्कटल्यान्डको अग्रता दोब्बर पारे । ८७औं मिनेटमा लेन्डन डेकरले रायन फ्रासेरकै पासमा गोल गर्दै स्कटल्यान्डलाई ३–० को सहज जित दिलाए ।

यस हारसँगै युक्रेनले नेसन्स लिग ‘बी’ ग्रुप १ मा आफ्नो शीर्षता गुमाएको छ । पहिलो हार बेहोरेको युक्रेन ४ खेलबाट ७ अंक जोडेर दोस्रो स्थानमा झरेको छ ।

युक्रेनलाई हराएको स्कटल्यान्ड चार खेलबाटै ९ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । आयरल्यान्ड ४ तथा अर्मेनिया ३ अंक जोडेर तेस्रो र चौथो स्थानमा रहेको छ ।

September 27, 2024

एन्फा महिला लिग – आर्मीसँग कर्णालीको हार

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले एन्फा महिला लिगको पहिलो चरणको सुखद अन्त्य गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रवार भएको पहिलो चरणको लिगको आफ्नो अन्तिम खेलमा आर्मीले कर्णाली प्रदेशमाथि ५-० को सहज जित हासिल गर्यो । आर्मीको जितमा चन्द्रा भन्डारी, अमिषा कार्की, विमला चौधरी, दिपा राई र दिपा शाहीले गोल गरे […]

September 27, 2024

रश्मीको ४ गोलमा एपिएफको सहज जित

काठमाडौं(हाम्रो खेलकुद) – रश्मी कुमारी घिसिङको ४ गोलको मद्दतमा विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबले एन्फा महिला लिगको पहिलो चरणमा सुखद अन्त्य गरेको छ । एपिएफ पहिलो चरणको लिगको शीर्ष स्थानमा रहेन क्रममा अपराजित रह्यो । खेलेको ९ मध्ये ८ खेलमा जित निकालेको एपीएफले पहिलो खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग बराबरीमा खेलेको थियो […]

September 27, 2024

टोटनहमको सहज जित

एजेन्सी – इङ्ग्लिस क्लब टोटनहम ह्ट्सपरले युरोपा लिगमा आफ्नो पहिलो खेलमा अजरवैजानि क्लब काराबागलाई सहज रुपले पराजित गरेको छ । १० खेलाडीमा सिमित टोटनहमले कारबागलाई ३-० ले पराजित गरेको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा टोटनहमलाई जित दिलाउँन ब्रेनन जोन्सन, डोमिनिक सोलान्के र पेपे सरले गोल गरे । खेलको आठौं मिनेटमा टोटनहमका डिफेन्डर राडु […]

Success

Thank you for your time.