default_image

2 years ago

September 22, 2022

विश्वकपपछि युरोकप खेल्ने लक्ष्यमा रोनाल्डो

192 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज भेट्रान स्टार फरवार्ड क्रिष्टियानो रोनाल्डोले तत्कालै सन्यास लिने कुनै मनस्थिति नबनाएको र सन् २०२४ को युरोकपसम्म खेल्ने लक्ष्यमा रहेको बताएका छन् ।

मंगलबार राति क्विनास डे ओरो (सर्वाधिक गोलकर्ता) को अवार्ड (ट्रफी) पाएपछि उनले आँफु अझैपनि केही वर्ष खेल्न लक्ष्यमा रहेको बताएका छन् ।

रोनाल्डोले पोर्चुगलको लागि १८९ खेलमा ११७ गोल गर्दै विश्व फुटबलमै सर्वाधिक गोलकर्ता बनेका छन् । उनले गत वर्ष इरानका अली दाईको कीर्तिमान तोड्दै सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने कीर्तिमान आफ्नो नाममा लेखाएका थिए ।

अवार्ड समारोहमा नै ३७ वर्षीय रोनाल्डोले आफ्नो उपलब्धिलाई मान्यता दिएकोमा खुसी व्यक्त गरेका छन् । ‘अवार्ड पाउँदा मलाई गर्व छ । “मैले कहिल्यै सोचेकी थिइन कि म यो हासिल गर्न सक्छु । यो लामो बाटो भएको छ तर म भन्न चाहन्छु कि मेरो यात्रा अझै सकिएको छैन । क्रिस्टियानो अझै बाँकी छ ।’ रोनाल्डो भने । यो सिजन रोनाल्डोले भने इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा सोचेअनुरुपको खेल पस्कन सकेको छैन । उनले यो सिजन ८ खेलमा केवल १ गोल गरेका छन् ।

‘म विश्व कपको लक्ष्यमा छु, टोली (पोर्चुगल) बाट यही नोभेम्वर र डिसेम्वरमा कतारमा हुने फिफा विश्वकप कतारको उपाधि जित्ने लक्ष्य छ । सँगै सन् २०२४ को युरोपियन च्याम्पियनसिप खेल्ने योजना छ ।’ ३७ वर्षे रोनाल्डोले भने, ‘म अझै केही वर्ष खेल्ने आशा राख्दछु । म उत्प्रेरित महसुस गर्छु, मसँग महत्वाकांक्षा छ । म युवाहरूको टोलीमा छु र म विश्वकपमा हुन चाहन्छु, र अर्को युरोपियन च्याम्पियनसिप २०२४ मा पनि टोलीमै रहन चहान्छु ।’ रोनाल्डो भने ।

पाँच पटकको बालोन डी’ओर विजेता रोनाल्डोले पहिले नै ४० वर्षको उमेरसम्म खेल्न सकेने बताइसकेका थिए । रोनाल्डोकै नेतृत्वमा पोर्चुगलले यो साता युइएफए नेसन्स लिगमा चेक गणतन्त्र र स्पेनसँग खेल्दैछ ।

October 18, 2024

नेपालले आज भुटानसँग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिपमा आज आयोजक नेपालले भुटानसँग खेल्दैछ । नेपाल जितबाट प्रतियोगिताको सुरूवात गर्ने दाउमा रहनेछ । छोटो तयारीका बाबजुद नेपाली टिमले उपाधि जित्ने लक्ष्य बनाएको छ। यसको लागि आज जितबाट सुरूवात गर्न जरूरी छ। दशरथ रङ्गशालामा साँझ ५:३० बजे हुने खेलमा नेपाललाई घरेलु दर्शकको साथ रहनेछ । आजको खेलमा नेपालकी […]

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

October 17, 2024

पहिलो हाफमै भारतको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरुद्ध ४ गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा ४-१ को अग्रता लिएको छ । खेलको सुरुवातदेखि आक्रमण बुनेको भारतले १७ मिनेटमै २ गोल गरेको थियो । गोलरक्षक निशा अशरफले गल्ती गर्दा भारतले सहजै अग्रता बढाएको थियो […]

Success

Thank you for your time.