2 years ago
September 21, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू१५ महिला साफका लागि दोस्रो चरणमा ३० खेलाडी छनोट गरेको छ ।
टोलीमा मुख्य प्रशिक्षक भगवती रानाले प्रारम्भिक चरणमा प्रशिक्षणमा रहेका ४० खेलाडीबाट १० खेलाडी कटौती गर्दै दोस्रो चरणमा ३० खेलाडी छनोट गरेको हो ।
जोत्सिनेका मरासिनी, अस्मिता खवास, साधना थापा, रीना नेपाली, अभानी सिंह, संगीता अधिकारी, डिकी स्याम्बो, सुमिना थापा, पुष्पा सेन र झरना डुमरकोटी बाहिरिएका छन् ।
जुनियर युवा महिला टोलीको प्रशिक्षण सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भइरहेको छ । यू१५ महिला साफ च्याम्पियनसिप बंगलादेशको ढाकामा आगामी नोभेम्बर १ देखि १२ सम्म हुँदैछ ।
यू–१५ टोलीको मुख्य प्रशिक्षकमा भगवती राना मगर, सहायक प्रशिक्षकमा मंगल महर्जन र गोलकिपर प्रशिक्षकमा छन्नुराम चौधरी रहेका छन् ।
दोस्रो चरणको टोली
गोलरक्षक – राधिका ओली, सुजाता तामाङ, सानिमाया स्याङ्तान, रुपा धिमाल ।
डिफेन्डर – दीपा मगर, सन्जी थिङ, अन्जना पुन मगर, विपना स्नेही, रेणु लिम्बु, अनिशा विक, अमिता भुल, प्रेरणा डोल्मा लामा र सीता रोकाया ।
मिडफिल्डर – रेविका नेपाली, सिवांगी स्नेही, मनिषा सेन, सुशिला केसी, सिमरन राई, दिलमाया घिसिङ, यशोधा बोहरा, पुनम चेम्जोङ, निर्मला आचार्य, सविता मण्डल, भुमिका बुढाथोकी र भावना परियार ।
फरवार्ड – समिक्षा मगर, दीपा रोकाया, वर्षा ओली, सेनु परियार र सुक्रिया मिया ।
December 18, 2024
हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]
December 18, 2024
एजेन्सी – फिफा द वेस्ट अवार्ड यो वर्ष भिनिसियस जुनियर र आइताना बोनमतीले जितेका छन् । विश्व फुटबल महासंघ (फिफा)ले प्रदान गर्ने अर्वाड कतारमा मंगलबार राति आयोजना भएको थियो।ब्राजिल तथा स्पेनिस क्लब रियल म्याड्रिडका भिनिसियसलाई पुरुषतर्फ र स्पेन तथा बार्सिलोनाकी बोनमतीलाई महिलातर्फ उत्कृष्ट वर्ष फूटबलर २०२४ घोषित भएका हुन्। मिडफिल्डर बोनमतीले लगातार दोस्रो वर्ष फिफा […]
December 17, 2024
हिमाल खरेल,बिर्तामोड गोलरक्षक निरज चौधरी नायक बन्दा इटहरीको राष्ट्रिय जागृति क्लब झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा भारतको जिटिए दार्जिलिङलाई ४-२ ले हराउँदै जागृति अघिल्लो चरणमा प्रवेश गरेको हो । टाइब्रेकरमा जागृतिका प्रवेश दनुवार, सविन घिमिरे, योगेन्द्र कार्की र विदेशी खेलाडी नाम्दी इबोसीले गोल गरे भने निशान लिम्बुको प्रहार बारमा […]