2 years ago
September 20, 2022
एजेन्सी – चोटका कारण महत्वपूर्ण खेलाडीलाई गुमाइसकेको फ्रान्सको टोलीबाट थप दुई खेलाडी चोटकै कारण बाहिरिएको छ ।
यसै साता युइएफए नेसन्स लिग खेल्ने तयारीमा रहेको फ्रान्सले पहिलो रोजाईका गोलरक्षक तथा कप्तान ह्युगो लोरिस र डिफेन्डर थियो हर्नान्डेजलाई चोटकै कारण गुमाउने पक्का भएको छ ।
फ्रान्सले यसै साता युइएफए नेसन्स लिगमा अस्ट्रिया र डेनमार्कसँग खेल्दैछ । यि दुई खेलका लागि यसअघि नै पउल पोग्बा, एङ्गोलो कान्टे, करिम बेन्जेमा, लुकास हर्नान्डेज र किंग्सले कोमान चोटका टोलीबाट बाहिरिसकेका छन् ।
फ्रान्सले बिहीबार अस्ट्रियाको भ्रमण गर्नेछ भने त्यसको तीन दिन पछि डेनमार्कविरुद्ध खेल्नेछ । टोलीमा औसमाने डेम्वेले र ओलिभर जिरुडले पूनरागमन गरेका छन् ।
लोरिसको स्थानमा नान्टेसका गोलकिपर अल्बान लाफोन्ट र हर्नानडेजको स्थानमा एस्टन भिल्ला लुकास डिग्नेलाई टोलीमा समावेश गरिएको छ ।
नेसन्स लिग ए ग्रुप १ को खेलमा फ्रान्सले दुई खेल बराबरी खेलेको छ दुई खेलमा पराजित भएको छ । यो समूहमा डेनमार्क ४ खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा छ । क्रोएसियाको ७ तथत अष्ट्रियाको ४ अंक छ । फ्रान्स २ अंक जोडेर पुछारमा छ ।
फ्रान्सको टोली
गोलरक्षक – अलफोन्से एरेओला, माइक मेइगनान र अल्बान लाफोन्ट
डिफेन्डर – बेनोइट बाडियासिल, जोनाथन क्लस, जुल्स कुन्डे, फर्लान्ड मेन्डी, बेन्जामिन पाभार्ड, विलियम सालिवा, डेअट उपमेकानो, लुकास डिग्ने र राफयल भरान
मिडफिल्डर – इडुआर्डाे कामाभिंगा, युस्सोउफा फोफाना, माटियो गुइनडोउजी एड्रिएन राविओट, ओरेलिएन चुआमेनी,
फरवार्ड – औसमाने डेम्वेले, ओलिभर जिरुड, एन्टोइन ग्रिजमन, रन्डल कोलो मुएनी, केलियन एमबाप्पे र क्रिस्टोफर एनकुुकु
December 18, 2024
हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]
December 18, 2024
एजेन्सी – फिफा द वेस्ट अवार्ड यो वर्ष भिनिसियस जुनियर र आइताना बोनमतीले जितेका छन् । विश्व फुटबल महासंघ (फिफा)ले प्रदान गर्ने अर्वाड कतारमा मंगलबार राति आयोजना भएको थियो।ब्राजिल तथा स्पेनिस क्लब रियल म्याड्रिडका भिनिसियसलाई पुरुषतर्फ र स्पेन तथा बार्सिलोनाकी बोनमतीलाई महिलातर्फ उत्कृष्ट वर्ष फूटबलर २०२४ घोषित भएका हुन्। मिडफिल्डर बोनमतीले लगातार दोस्रो वर्ष फिफा […]
December 17, 2024
हिमाल खरेल,बिर्तामोड गोलरक्षक निरज चौधरी नायक बन्दा इटहरीको राष्ट्रिय जागृति क्लब झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा भारतको जिटिए दार्जिलिङलाई ४-२ ले हराउँदै जागृति अघिल्लो चरणमा प्रवेश गरेको हो । टाइब्रेकरमा जागृतिका प्रवेश दनुवार, सविन घिमिरे, योगेन्द्र कार्की र विदेशी खेलाडी नाम्दी इबोसीले गोल गरे भने निशान लिम्बुको प्रहार बारमा […]