default_image

2 years ago

September 19, 2022

आर्मी चितवन गोल्ड कप च्याम्पियन

255 views

0 Bookmark

सुशिल पन्त, चितवन

त्रिभुवन आर्मी फुटबल क्लब इसुजु चितवन गोल्डकप च्याम्पियन बनेको छ ।

नारायणगढको क्याम्पा चौरमा सोमबार सम्पन्न फाइनलमा अर्को विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) एफसीलाई २-० ले पराजित गर्दै आर्मीले उपाधि जितेको हो । आर्मीको जितमा सुदील राई नायक बने । दुबै गोल उनले नै गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको तेस्रो मिनेटमा सुदीलले गोल गर्दै आर्मीलाई अग्रता दिलाए । कप्तान जर्ज प्रिन्स कार्कीको पासमा उनले गोल गरे । ६१ औं मिनेटमा एपिएफका कप्तान नविन लामाको फ्री किकमा आर्मीका गोलरक्षक विश्वास चौधरी बाधक बने ।

खेल सकिन एक मिनेट बाँकी रहँदा सुदीलले नै व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीको जित सुनिश्चित गरे । सुदील खेलको म्यान अफ दि म्याच भए र उनले १० हजार रुपैयाँ प्राप्त गरे ।

विजेता आर्मीले उपाधिसहित ७ लाख रुपैयाँ र एपिएफले ३ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ । एपिएफका हरि कार्की गोल्डकपको सर्वोकृष्ट खेलाडी घोषित भए ।

केबिए ग्लोबल भरतपुर फुटबल क्लबका राज भुसाल सर्वाधिक गोलकर्ता बने । उनले गोल्डकपभर सात गोल गरेका थिए । यस्तै आर्मीका विश्वास चौधरी सर्वोकृष्ट गोलरक्षक घोषित भए । उनीहरुले जनही नगद २०-२० हजार रुपैयाँ प्राप्त गरे ।

भरतपुर फुटबल क्लबको आयोजनामा सम्पन्न गोल्डकपमा दुई ए डिभिजन र दुई विदेशी गरी १० टोली सहभागी थिए ।

March 15, 2025

फुटबलर आशिषलाई आर्थिक सहयोग हस्तान्तरण

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र चिनियाँ क्लबसँगको‌ मैत्रीपूर्ण खेलका दौरान खुट्टा भाँचिएका नेपपली आशिष राईलाई ३ लाख १५ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ। चिनियाँ नयाँ वर्षको अवसरमा गत महिना दशरथ रंगशालामा भएको खेलमा आशिषको खुट्टा भाँचिएको थियो। पछि उनको खुट्टाको शल्यक्रिया गरिएको थियो। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा शनिवार पुरुष राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङले उक्त […]

March 15, 2025

अल-नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

Success

Thank you for your time.