2 years ago
September 19, 2022
एजेन्सी – अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीको निर्णायक गोलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा लियोनलाई पराजित गरेको छ ।
पिएसजीले लियोनमाथि उसकै मैदानमा १–० को जित निकालेको हो । लियोनको मैदानमा आइतबार राति भएको खेलको पाँचौ मिनेटमा मेस्सीको गोलबाट पिएसजीले सुरुवाती अग्रता लिएको थियो । नेयमारले पेनाल्टी बक्समा एक डिफेन्डरलाई बिट गर्दै दिएको पासलाई मेस्सीले उत्कृष्ट फिनिस गरेका थिए ।
यस सिजन लिग वानमा मेस्सीको यो आठौं खेलमा चौथो गोल हो । उनले सात असिस्ट दिइसकेका छन् । लियोनलाई उसकै मैदानमा बल पोसेसन राख्दै दवाव बढाएपनि त्यसपछि थप गोल निस्कन नसक्दा पहिलो हाफको गोल नै पिएसजीलाई ३ अंक जोड्न पर्याप्त बन्यो ।
यस जितसँगै शीर्षस्थानमा रहेको पिएसजीको ८ खेलबाट २२ अंक पुगेको छ । दोस्रो स्थानको मार्सेको २० अंक छ । पराजित लियोन १३ अंक जोडेर छैटौं स्थानमा छ ।
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]
March 13, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]
March 13, 2025
हिमाल खरेल,बिर्तामोड झापा बिर्तामोडको न्यु स्टार क्लबले दोस्रो आमन्त्रित माछापोखरी हिटी गोल्डकपको उपाधि जितेको छ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ५ चाँगेमा माछापोखरी हिटी क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा न्यु स्टारले साविक विजेता मरिक एफसी धरानलाई हराउँदै उपाधि जितेको हो । न्यु स्टारले १- ० गोल अन्तरले हराउँदै उपाधि रक्षा गरेको हो । झापाको लागि […]