default_image

2 years ago

September 18, 2022

खेल सुरु भएको ९ सेकेन्डमै रेड कार्ड!

132 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली लिग वन अन्तर्गत आइतबार फ्रान्सेली डिफेन्डर जान क्लेर टोडिबोले खेल सुरु भएको ९ सेकेन्डमै रेड कार्ड प्राप्त गरेका छन् ।

लिग वन अन्तर्गत एन्जर्स विरुद्ध खेलमा टोडिबोले खेल सुरु भएको केही सेकेन्डमै खराब ट्याकल गरेपछि रेफ्रीले रेड कार्ड देखाएका थिए । एन्जर्सले मध्य भागबाट बल चलाएर एक्कासी अघि बढाउँदा मिडफिल्डले बल रोक्न सकेन ।

त्यसपछि टोडिबोले पनि बल सहित अघि बढेका खेलाडीमाथि गरेको ट्याकल ढिलो भएको थियो । गोल गर्न अघि बढेका खेलाडी लडाएपछि रेफ्रीले रातो कार्ड देखाए । लिग इतिहासमा यो सबैभन्दा चाँडो देखाइएको रेड कार्ड हो ।

टोडिबो गत सिजन स्थायी रुपमा निससँग अनुबन्धित भएका हुन् । उनी यसअघि बार्सिलोनाबाट लोनमा बन्फिका र निस पुगेका थिए । बार्सिलोनाका लागि लिगमा ४ खेल खेलेका उनी सन् २०१८-१९ मा‌ लिग जित्ने बार्सिलोना टोलीका सदस्य थिए ।

खेलमा एन्जर्सले १-० को जित हासिल गर्यो । नाबिल बेन्टालेबले पहिलो हाफको ४१ अ‍ौं मिनेटमा गरेको गोल निर्णायक सावित भयो । खेलको अन्तिम आधा घण्टा दुवै टोली १० खेलाडीमा सिमित भए । सोफियान बौफालले ६२ अ‍ौं मिनेटमा दोस्रो पहेंलो कार्ड पाउँदै मैदान छाडेका थिए ।

September 30, 2024

एन्फा भन्छ- ‘६ युवा खेलाडीको स-सम्मान अन्त्येष्टि गरिनेछ’

काठमाडौं (हाम्रो खेलकुद)- वर्षाका कारण आएको पहिरो परि मृत्यु भएका एन्फा एकेडेमी सिस्नेरीका ६ युवा खेलाडीको अन्तिम संस्कारका लागि प्रक्रिया अघि बढाइएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। असोज ११ र १२ गतेको वर्षाका कारण मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नं ३ स्थित श्री वात्सल्य देवी उच्च माविको प्रशिक्षण केन्द्रबाट सुरक्षित स्थानतर्फ जाँदै […]

September 30, 2024

युनाइटेडमाथि टोटनहमको जित

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) म्यानचेस्टर युनाइटेड टोटनहम ह्ट्सपरसँग पराजित भएको छ । आइतवार राति भएको खेलमा युनाइटेड टोटनहमसँग ३-० ले पराजित भएको हो । इपिएलमा युनाइटेडको यो तेस्रो हार हो। युनाइटेडको मैदानमा टोटनहमलाई जित दिलाउन ब्रेनन जोनसन, डेजन कुलुसेभस्की र डोमिनिक सोन्लकेले गोल गरे । खेलको तेस्रो मिनेटमा नै जोनसनले गोल गर्दै टोटनहमलाई अग्रता […]

September 29, 2024

नेपालले ओमानलाई दियो चुनौतीपूर्ण लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपालले ओमानलाई जितका लागि १ सय ७७ रनको चुनौतीपुर्ण लक्ष्य दिएको छ । क्यानडाको किंग सिटी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रनको योगफल तयार गर्यो । नेपालका लागि गुलशन झाले १७ बलमा ३ […]

Success

Thank you for your time.