default_image

2 years ago

September 18, 2022

ब्रेन्टफर्डलाई हराएर आर्सनल शीर्षस्थानमा उक्लियो

194 views

0 Bookmark

एजेन्सी – ब्रेन्टफर्डमाथि सहज जित निकाल्दै आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ । आर्सनलले घरेलु टोलीमाथि ३–० को जित निकाल्दै म्यानचेस्टर सिटीलाई पछि पार्दै शीर्षस्थानमा फर्किएको हो ।

ब्रेन्टफर्ड कम्युनिटी स्टेडियममा आइतबार साँझ भएका खेलमा आर्सनलको जितमा विलियम सालिवा, गाब्रियल जेसस र फावियो भिइराले गोल गरे ।

खेलको १७औं मिनेटमा विलियम सालिवाको गोलबाट आर्सनलले सुरुवाती अग्रता लिन सफल भयो । उनले बुकायो साकाको पासमा गोल गर्न सफल भएका थिए । २८औं मिनेटमा गाब्रियल जेससले गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे । जेससले ग्रानिट झाँकाको पासलाई सदुपयोग गरेका थिए ।

४९औं मिनेटमा फावियो भिइराले गोल गरेपछि आर्सनल खेलमा ३–० ले अघि बढ्यो । त्यसपछि पनि घरेलु टोलीविरुद्ध लगातार दवाव बढाएपनि आर्सनलले थप गोल भने गर्न सकेन ।

यस जितसँगै आर्सनलको ७ खेलबाट १८ अंक पुगेको छ । समान खेलबाटै दोस्रो स्थानमा झरेको सिटीको १७ अंक छ । पराजित ब्रेन्टफर्ड ९ अंक जोडेर नवौं स्थानमा छ ।

September 25, 2024

नेपाल उज्बेकिस्तानसँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यु-२० एसियन कप छनोटमा नेपाल उज्वेकिस्तानसँग ६-० को फराकिलो अन्तरमा पराजित भएको छ । दोस्रो हारमा नेपालको छनोटको संभावना अत्यन्त न्युन बनेको छ । चाइनिज ताइपेइमा जारी छनोट अन्तर्गत आज न्यु ताइपेइस्थित फु जेन क्याथोलिक युनिभर्सिटीको मैदानमा भएको खेलमा नेपालको पोष्टमा उज्वेकिस्तानले सहजै आधा दर्जन गोल गर्यो । सुरूवात देखि […]

September 25, 2024

रियलको कठिन जित

एजेन्सी – स्पेनिस ला लिगामा रियल म्याड्रिडले कठिन जित हासिल गरेको छ । रियलले मंगलवार अल्भेसलाई ३-२ ले पराजित गरेको थियो । घरेलु मैदानमा सान्टियागो बर्नाबेउमा रियललाई जित दिलाउन लुकास भ्याजकास,केलियन एम्बाप्पे र रोड्रिगोले गोल गरेका थिए । भ्रमणकारी टोली अल्भेसका लागि कार्लोस बेनाविडेज र किके गार्सियाले गोल गरेका थिए। खेलको पहिलो मिनेटमा नै रियलका […]

September 24, 2024

महिला लिगमा संकटामाथि बागमतीको जित

काठमाडौं(हाम्रो खेलकुद) – संकटा क्लबलाई हराउँदै बागमती युथ क्लबले एन्फा महिला लिगको दोस्रो चरण प्रवेशको सम्भावना बलियो बनाएको छ । आफ्नो आठौं खेलमा तेस्रो जित निकाल्नेक्रममा बागमतीले मंगलवार संकटामाथि ३-१ को जित हासिल गरेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको दोस्रो खेलमा बागमतीलाई जित दिलाउन गिफ्टी अचालिगंपोगले २ तथा पुष्पा कुमारी खड्काले १ गोल […]

Success

Thank you for your time.