8 years ago
December 22, 2016
स्पेन (एजेन्सी) – धेरै खेलाडी र खेल विश्लेषकहरुको दृष्टिकोण मान्ने हो भने बार्सिलोनाका लियोनल मेस्सी र रियल मड्रिडका रोनाल्डो मध्ये को राम्रो यसै भन्ने सकिन्न । तर बार्सिलोनाका मिडफिल्डर सर्जी रोबर्टोको नजरमा भने रोनाल्डो मेस्सीसँग दाँजिन योग्य छैनन् ।
‘मेस्सी संसारका सबै भन्दा राम्रा खेलाडी हुन् । उनलाई रोनाल्डोसँग तुलना गर्न मिल्दैन’, २४ बर्षिय स्पेनिसले भने, ‘बालोन डी’ओर हेर्दा रोनाल्डो मेस्सीको नजिक होलान् तर अन्य खुबी हेर्ने हो भने मेस्सी रोनाल्डो भन्दा निकै अगाडि छन् । उनलाई रोनाल्डोसँग दाँज्न कुनै हालतमा मिल्दैन ।’
ला लिगामा रियल अगाडि रहेको बारेमा बोल्दै रोबर्टोले भने,‘ मड्रिड यो सिजन भाग्यशाली रह्यो । हुन त लिग नसकिएसम्म केहि भन्न सकिन्न , अन्तिम समयमा खेलको अवस्था परिवर्तन हुन सक्छ, तर यो सिजन रियल कैंयौं पटक अन्तिम मिनेटमा फ्रि किक वा कर्नरबाट गोल गर्दै बराबरी हुने खेल आफ्नो पक्ष्यमा पार्न सफल भएको छ ।’
मिड सिजन ब्रेकमा रियलले बार्सिलोनालाई ३ अंकले पछि पारेको छ । बार्सिलोना भन्दा रियलले १ खेल कम खेलेको छ । गत बार्सिलोना ला लिगमा प्रतिस्पर्धा गरिरहँदा रियल क्लब विश्व कप खेल्न जापान पुगेको थियो । रियल क्लब विश्व कपको उपाधि जितेर स्पेन फर्किसकेको छ ।
April 1, 2025
सुनिल गाउँले,सिमरा जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको १५ औं संस्करणबाराको सिमरा रंगशालामा यसै साता सुरु हुने भएको छ । आयोजक नव–जनजागृति युवा क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी गराएको छ । आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाका अनुसार फ्लड लाईटमा हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना […]
April 1, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अघिल्ला दुवै संस्करणको उपविजेता धनगढी एफसीले तेस्रो संस्करणको नेपाल सुपर लिगमा विजयी सुरूवात गरेको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढीले बुटवल लुम्बिनी एफसीलाई ४-१ ले पराजित गर्यो । धनगढीको जितमा अहमद हिजाजीले दुई गोल तथा कृतिश रत्न छुन्जु र सर्जियो बार्बोजाले १-१ गोल गरे । धनगढीले इन्ज्युरी समयमा २ गोल […]
April 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो एनसेल नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्बिनी एफसी र धनगढी एफसीबीचको खेल जारी छ। पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको छ। दशरथ रंगशालामा जारी खेलको छैटौं मिनेटमा नै धनगढीले अग्रता बनायो। जर्ज प्रिन्स कार्कीको फ्लिक हेडरमा अहमद हिजाजीको एक्रोबेटिक सट गोलमा परिणत भयो। यो गोलमा लुम्बिनीका डिफेन्डर विमल पाण्डे र […]