2 years ago
September 17, 2022
एजेन्सी – पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्की चम्कँदा क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा इल्चेलाई पराजित गरेको छ । बार्सिलोनाले १० खेलाडीमा समेटिएको इल्चेलाई ३–० ले पराजित गरेको हो ।
घरेलु मैदानमा बार्सिलोनाको जितमा लेवान्डोस्कीले दुई तथा मेम्फिस डिपाएले एक गोल गरे । पहिलो हाफमा दुई तथा दोस्रो हाफमा बार्सिलोनाले एक गोल निकाल्यो ।
क्याम्प नोउमा शनिबार राति भएको खेलको १४औं मिनेटमा पाहुना टोली इल्चे १० खेलाडीमा समेटिन पुग्यो । गोल गर्ने अवस्थानजिकै रहेका लेवान्डोस्कीलाई फउल गरेपछि रेफ्रीले गोन्जलो भेर्डुलाई सिधै रातो कार्ड देखाउँदै मैदान बाहिर पठाए ।
त्यसपछि बार्सिलोनाले दुई गोल गर्दै सहज जिततर्फ अग्रसर बन्यो । ३४औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई १–० को अग्रता दिलाए । उनले एलेक्स बाल्डेको पासमा गोल गर्न सफल भएका थिए । ४१औं मिनेटमा एलेक्स बाल्डेकै पासमा डिपाएले गोल गर्दै बार्सिलोनाको अअग्रता दोब्बर पारे ।
४४औं मिनेटमा पेड्रीले गोल गरेपनि भिएआरबाट उनको गोलले मान्यता पाएन । पहिलो हाफको अन्त्यतिर इल्चेका प्रशिक्षक फ्रान्सिस्को रोड्रिग्वेजले पनि रातो कार्ड खादै टच लाइनबाट बाहिरिएपछि टोली झनै समस्यामा प¥यो ।
४८औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै बार्सिलोनालाई ३–० ले अघि बढाए । त्यसपछि थप गोल निस्कन नसक्दा बार्सिलोना विजयी हुन सफल भयो ।
यस जितसँगै बार्सिलोनाले रियल म्याड्रिडलाई पछि पार्दै कम्तीमा एक दिनको लागि शीर्ष स्थानमा उक्लन सफल भएको छ । अपराजित रहेको बार्सिलोनाको ६ खेलबाट १६ अंक पुगेको छ । एक खेल कम खेलेको रियलको ५ खेलबाट १५ अंक छ । पराजित इल्चे १ अंक जोडेर पुछारमा छ ।
रियलले आइतबार राति शहरी प्रतिद्धन्द्धी एट्लेटिको म्याड्रिडसँग उसकै मैदानमा खेल्दैछ । यस खेलमा सफलता हात पारे रियल पुनः शीर्षस्थानमा फर्कने छ ।
February 5, 2025
हिमाल खरेल, भद्रपुर दोस्रो भद्रपुर झापा गोल्डकप २०८१ र सौर्य एअरलाइन्स तथा भद्रपुरको ओम साई पाथिभरा हस्पिटलबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौता भएको छ । समझौतापछि अब ‘सौर्य एअरलाइन्स तथा ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकप’ को रुपमा प्रतियोगिता सञ्चालन हुनेछ । यो संस्करण गोल्डकप कार्यसमितिका पूर्वसदस्य तथा पूर्वराष्ट्रिय खेलाडी गम्भीर राईको […]
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- मछिन्द्र फुटबल क्लब पोखरामा जारी २४ औं आरा! रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालामा बुधवार भएको दोस्रो प्रि क्वाटरफाइनलमा विभागीय टोली एपिएफ फुटबल क्लबलाई २-० गोल ले हराउँदै मछिन्द्र अन्तिम आठमा पुगेको हो। मच्छिन्द्रलाई जित दिलाउन आदित्य शाक्य र स्टेफेन कामाहाले गोल गरे। दोस्रो दिन अर्को पूर्व विजेता […]
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आज पूर्व विजेता एपिएफ फुटबल क्लबले मच्छिन्द्र फुटबल क्लबको सामना गर्दैछ । पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।एपिएफ र मच्छिन्द्रबिच आहा रारामा दोस्रो पटक भेट हुन लागेको हो । यसअघि २०७८ मा पहिलो पटक भेट हुँदा एपिएफ विजयी भएको थियो। सेमिफाइनलमा भएको […]