default_image

2 years ago

September 18, 2022

डर्टमुन्ड शीर्षस्थानमा उक्लियो

87 views

0 Bookmark

एजेन्सी – महत्वपूर्ण जित निकाल्दै बोरुसिया डर्टमुन्ड जर्मन बुन्डेसलिगाको शीर्षस्थानमा उक्लन सफल भएको छ ।

घरेलु मैदानमा डर्टमुन्डले साल्केलाई १–० ले पराजित गर्दै शीर्षस्थानमा उक्लन सफल भएको हो । घरेलु मैदानमा डर्टमुन्डको जितमा युसोउफा मौकाकोले निर्धारित समयको खेल सकिन ११ मिनेट बाँकी रहँदा गरेको गोल नै निर्णायक बन्यो ।

यस जितसँगै डर्टमुन्ड ७ खेलबाट १५ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । डर्टमुन्डले एक खेल कम खेलेको युनियन बर्लिन र फ्रेइवर्गलाई पछि पारेको हो । पराजित साल्के ६ अंक जोडेर १४औं स्थानमा रहेको छ ।

अर्काे खेलमा बोरुसिया मोन्चेनग्लाडवाकले आरबी लाइप्जिगलाई ३–० ले पराजित गरेको छ । मोन्चेनग्लाडवाकको जितमा जोनास होफमानले दुई तथा रामी बेन्सेबैनीले एक गोल गरे ।

यस जितसँगै मोन्चेनग्लाडवाक ७ खेलबाट १२ अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ । पराजित लाइप्जिग ८ अंक जोडेर १२औं स्थानमा छ ।

बुन्डेसलिगाकै अर्काे खेलमा साविक विजेता बायर्न म्युनिखले सिजनको पहिलो हार बेहोरेको । सिजनको पहिलो हार बेहोर्ने क्रममा बायर्न घरेलु टोली अग्सवर्गसँग १–० ले पराजित भयो । हारसँगै बायर्नले शीर्षस्थानमा उक्लने अवसर गुमाएको छ ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.